Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

लेबनानमा पेजर विष्फोट कसरी गराइयो ?

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज ३, २०८१
77 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
लेबनानमा पेजर विष्फोट कसरी गराइयो ?
0 मिनेट पढ्ने
अपडेट: अशोज ३, २०८१
Advertisement

काठमाडौँ । लेबनानमा पेजरमा भएको शृंखलाबद्ध विस्फोटको विश्वभर चर्चा भइरहेको छ ।

१२ जनाको ज्यान गएको र करिब २८ सय घाइते भएको यस घटनापछि लेबनानी सुरक्षा अधिकारीहरूले इजरायलको गुप्तचर एजेन्सी मोसादले पेजरहरूमा धेरै थोरै मात्रामा विस्फोटक पदार्थ प्रयोग गरेको दाबि गरेका छन् । जसका कारण यी श्रृङ्खलाबद्ध विस्फोटहरू भएका थिए । घाइते हुनेमा धेरै हिजबुल्लाह लडाकु र लेबनानका लागि इरानका राजदूत पनि छन् । हिजबुल्लाहले यस हमलाको लागि इजरायललाई दोष दिएको छ र इजरायलविरुद्ध बदला लिने पनि बताएको छ ।

यसरी गराइयो विष्फोट ?

मिडिया रिपोर्टका अनुसार लेबनानी अधिकारीहरूले यस आक्रमणको तयारी धेरै महिनादेखि भइरहेको विश्वास गर्छन् । हिजबुल्लाहले ताइवानी कम्पनी गोल्ड अपोलोलाई करिब पाँच हजार पेजर अर्डर गरेको थियो । जो हालै लेबनान पुगेका थिए । ट्र्याक हुने डरले हिज्बुल्लाह लडाकुहरूले पुरानो शैलीका पेजरहरू प्रयोग गरिरहेका थिए । एक वरिष्ठ लेबनानी अधिकारीले इजरायलले यी पेजरहरू निर्माण गर्दा परिवर्तन गरेको दाबि गरेका छन् ।

अधिकारीका अनुसार मोसादले पेजरभित्र एउटा बोर्ड राखेको थियो, जसमा विस्फोटक पदार्थले चिन्ह लगाइएको थियो । यस बोर्डबाट पेजरहरूले कोड प्राप्त गर्ने बित्तिकै यी पेजरहरू विस्फोट भए । विशेष कुरा के छ भने पेजरमा लगाइएको बोर्ड यस्तो प्रकारको थियो कि यसलाई स्क्यानरमा समात्न निकै गाह्रो थियो ।

यसैबीच ताइवानको कम्पनी गोल्ड अपोलोले विज्ञप्ति जारी गर्दै विस्फोट भएका पेजर कम्पनीले नबनाएको जनाएको छ । यी पेजर युरोपेली कम्पनी बीएसीले निर्माण गरेको कम्पनीले जनाएको छ । युरोपेली कम्पनीसँग ताइवानी कम्पनी गोल्ड अपोलोको नाममा उत्पादनहरू उत्पादन गर्ने इजाजतपत्र छ । गोल्ड अपोलोका संस्थापक तथा अध्यक्ष चिङ–क्वाङले ताइपेईमा सञ्चारमाध्यमसँग कुरा गर्दै विस्फोट भएका पेजरहरू आफ्नो ब्राण्डको भएपनि आफुहरुले नबनाएको बताएका छन् ।

लेबनानका सुरक्षा अधिकारीले पेजरमा करिब तीन ग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको बताएका छन् । यस घटनाको बारेमा इजरायलले हालसम्म कुनै बयान जारी गरेको छैन । हिजबुल्लाहले भने यसलाई आफुविरुद्धको सबैभन्दा ठूलो सुरक्षा उल्लंघन भएको बताएको छ ।

हिजबुल्लाहमाथि आक्रमणका धेरै भिडियो भाइरल भइरहेका छन् । यी भिडियोमा जो जहाँ भएपनि उनको पेजरमा अचानक विस्फोट हुन थालेको देखिन्छ । मानिसहरूले केही बुझेनन् र धेरै ठाउँमा मानिसहरू घाइते भेटिए । कोही बजारमा फलफूल र तरकारी किनिरहेका थिए भने कोही घुमफिर गरिरहेका थिए । अचानक भएको विष्फोटका कारण मानिसहरु पीडाले चिच्याएको र चिच्याउदै गरेको देखिएको थियो ।

केही प्रारम्भिक रिपोर्टहरूले विस्फोटहरू पेजरमा जडान गरिएको लिथियम ब्याट्रीमा भएको बताएका थिए । वास्तवमा, हिजबुल्लाहले प्रयोग गरिरहेको नयाँ पेजरहरूले लिथियम ब्याट्रीहरू प्रयोग गर्छन्। यी ब्याट्री पड्किएर संस्थाका सदस्यहरु घाइते भएका छन् । जब लिथियम ब्याट्रीहरू धेरै तातो हुन्छन्, तिनीहरूले धुवाँ उत्सर्जन गर्छन् वा पग्ल्छन् । धेरै पटक, तिनीहरू अचानक विस्फोट र आगो समात्छन् ।

रिचार्जेबल लिथियम ब्याट्रीहरू मोबाइल फोनदेखि ल्यापटप र विद्युतीय कारहरूमा पनि प्रयोग गरिन्छ । यसले ५९० डिग्री सेल्सियस (११०० डिग्री फरेनहाइट) मा आगो समात्न सक्छ। एक रिपोर्टका अनुसार हिजबुल्लाहका पेजर ह्याक गरी त्यसमा विस्फोट गराइएको थियो ।

प्रारम्भिक जानकारी अनुसार, पेजरको सर्भर भंग भएको थियो र यसमा कोड घुसाइएको थियो, जसले पेजरमा कार्यक्रम ओभरलोडिङको कारण बन्यो । जसले गर्दा डिभाइसमा ओभर हिटिङ समस्या भयो र यसमा जडान गरिएको लिथियम ब्याट्री विस्फोट भयो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
8 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
8 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
8 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
22 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

8 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

8 hours पहिले 40 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

8 hours पहिले 45 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya