Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

उच्च रक्तचाप हुँदा हामीले कस्तो खाने कुरा कसरी खाँदा राम्रो हुन्छ हेर्नुस !

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १५, २०७९
87 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
उच्च रक्तचाप हुँदा हामीले कस्तो खाने कुरा कसरी खाँदा राम्रो हुन्छ हेर्नुस !
1 मिनेट पढ्ने
अपडेट: चैत्र १५, २०७९
Advertisement

हामीले खाने कतिपय खानेकुरा यस्ता छन्, जसले रक्तचाप बढाउँछ । यसको अर्थ यो होइन कि उच्च रक्तचाप भएकाले यी खानेकुरा मुखमा हाल्नै हुन्न । तर मात्रा र सन्तुलन मिलाएर खान सकिन्छ । यसरी खानुपर्छ, जसले पोषण प्राप्त होस्, विकार होइन ।

रक्तचाप बढाउने खानेकुरा !

अत्यधिक चिल्लो, तारेको-भुटेको, नुनको मात्रा धेरै भएको खानेकुरा उच्च रक्तचापको कारण बन्न सक्छ । नुन त धेरै खानासाथ रक्तचाप बढिहाल्छ । तपाईं रक्सी पिउनुहुन्छ, चुरोटको धुवाँ तान्नुहुन्छ, बजारमा राखिएका प्याकेटबन्द खानेकुरा खानुहुन्छ भने उच्च रक्तचापको जोखिममा हुनुहुन्छ । माछामासु अनियन्त्रित खानुहुन्छ, जंकफुडको सौखिन हुनुहुन्छ भने पनि रक्तचापले च्याप्न सक्छ । साथै हामीले अन्धाधुन्ध खाने कतिपय औषधिले पनि रक्तचाप बढाउन सक्छ । जस्तो, दुखाइ कम गर्ने औषधि, परिवार नियोजनको चक्की ।

नुन धेरै खाँदा के हुन्छ ?

नुन धेरै खाएमा शरीरको रक्तनली खुम्च्याउने गर्छ, जसकारण रगतको प्रवाहमा अवरोध हुन्छ । यसले गर्दा पक्षघात (स्ट्रोक) हुने, रक्तचाप बढ्ने र मुटुरोग हुन सक्ने जोखिम हुन सक्छ । हाम्रो शरीरलाई दैनिक पाँच ग्राम नुन खाए पुग्छ ।

तीतो खानेकुराले फाइदा गर्छ ?

करेला जस्ता तीतो खानेकुरा खाँदा रक्तचाप नियन्त्रण हुन्छ भन्ने आम बुझाइ छ । यही कारण उनीहरु छाकैपिच्छे करेला वा तीतो खानेकुरा खाइरहेका हुन्छन् । यस्ता खानेकुराले कहिलेकाहीं क्षणभरका लागि रक्तचाप घटाउन सक्छ । तर यसो भन्दैमा जथाभावी वा अत्यधिक मात्रामा खानु उचित होइन ।

कसरी नियन्त्रण हुन्छ रक्तचाप ?

उच्च रक्तचाप हुने अनेक कारण हुन्छन् । त्यो दीर्घकालीन हो वा अल्पकालीन ? यसबारे पनि विश्लेषण गर्नुपर्ने हुन्छ । रक्तचाप के कारणले भएको छ भन्ने कुरा थाहा पाएपछि सोही बमोजिम उपचार खोज्ने गरिन्छ । अनिद्रा, खानपानले पनि रक्तचाप बढ्न सक्छ । यस्तो अवस्थामा आफ्नो यी आनीबानी परिवर्तन गर्नुपर्ने हुन्छ ।

सामान्यतः उच्च रक्तचाप नियमित बढिरहेको छ भने औषधि खाने सल्लाह दिइन्छ । औषधि चिकित्सकको सुझावअनुसार नियमित रुपमा खानुपर्ने हुन्छ । तर औषधिले मात्र रक्तचाप नियन्त्रण हुन्छ भनेर ढुक्क भएर बस्नु राम्रो होइन । त्यससँगै आफ्नो दिनचर्या, आनीबानी परिवर्तन गर्नु प्रभावकारी हुन्छ ।

जस्तो, ताजा, सुपाच्य, सन्तुलित खानेकुरा खाने, नुन, चिल्लो कुरा घटाउने, मौसमी सागपात खाने, व्यायाम गर्ने, हिंडडुल गरिरहने, शारीरिक रुपमा सक्रिय रहने गर्नुपर्छ । त्यससँगै निद्रा पर्याप्त लिने, तनाव व्यवस्थापन गर्ने, सकारात्मक सोच राख्ने, खुसी र उत्साहित हुन प्रयास गर्नुपर्छ । खानपान र जीवनशैलीलाई अनुशासित बनाउनुपर्छ । यस्ता विधि अपनाइयो भने उच्च रक्तचाप नियन्त्रणमा ठूलो सहयोग पुग्छ ।

मोटोपन र उच्च रक्तचापको नाता !

उच्च रक्तचाप बढ्नुमा मोटोपन पनि एउटा कारण हुन सक्छ । मोटोपन भनेको शरीरमा बोसो बढ्नु हो । जब शरीरमा बोसो बढ्छ, त्यसले रक्त प्रवाह गर्ने नसा साँघुरो बनाइदिन्छ । यसरी नसा साँघुरो भएपछि मुटुको कार्य सञ्चालन कठिन हुन्छ । नतिजा, रक्तचाप बढ्न सक्छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2451 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
3 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
18 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
18 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
19 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
19 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

3 hours पहिले 47 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

18 hours पहिले 73 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

18 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya