Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

पीएसजीको लागि फ्रेन्च लिग वानको उपाधि यात्रामा अर्को धक्का

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २०, २०७९
71 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
पीएसजीको लागि फ्रेन्च लिग वानको उपाधि यात्रामा अर्को धक्का
0 मिनेट पढ्ने
अपडेट: चैत्र २०, २०७९
Advertisement

लियोनल मेसी र काइलियन एमबाप्पेजस्ता स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पीएसजी)को फ्रेन्च लिग वानको उपाधि यात्रामा आइतबार राति अर्को धक्का लागेको छ । साविक विजेता पीएसजी गए राति लियोनसँग १–० ले स्तब्ध भएको हो ।

फ्रेन्च कप र च्याम्पियन्स लिगबाट बाहिरिइसकेको पीएसजीका निम्ति निराशाजनक सिजन जोगाउनका लागि लिग उपाधि एक मात्र विकल्प छ । तर, लियोनसँगको हारपछि पीएसजी ६ अंकले मात्र अगाडि छ । लिगमा पीएसजीको यो लगातार दोस्रो हार हो । अघिल्लो साता पीएसजी रेनेससँग २–० ले पराजित भएको थियो ।

‘‘यस नतिजाले निराश र क्रोधित बनाएको छ । किनकि, गोलका थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेनौँ । टिमले क्षमताअनुसार प्रदर्शन गर्न सकेन,’’ पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाल्टियरले भने, ‘‘योजनाअनुसार खेलाडीले खेलेनन् । जितका लागि प्रयास नै गरेनौँ ।’’ पाहुना टोली लियोनले ३९औँ मिनेटमा अग्रता लिने राम्रो मौका गुमाएको थियो । एलेक्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्ने मौका खेर फालेका थिए । ५६औँ मिनेटमा ब्राडले बारकोलाले गरेको गोल लियोनको जितमा निर्णायक बन्यो ।

जितपछि लियोनले २९ खेलबाट ४४ अंक जोडेको छ । लियोन नवौँ स्थानमा छ । पीएसजी ६६ अंकका साथ शीर्ष स्थानमा यथावत् छ । समान ६० अंक जोडेका लेन्स र मार्से क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । लेन्सले शनिबार राति रेनेसलाई १–० ले हराएको थियो । मार्सेले शुक्रबार राति मोन्टपेलियरसँग १–१ को बराबरी खेलेको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
5 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
5 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
5 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
6 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
6 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

5 hours पहिले 56 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

5 hours पहिले 34 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

5 hours पहिले 44 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya