Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

कोरोना महामारीपछि पर्यटक क्षेत्रमा निकै सुधार,पहिलो महिनामै १ लाख पर्यटक भित्रिए

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २१, २०७९
61 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
कोरोना महामारीपछि पर्यटक क्षेत्रमा निकै सुधार,पहिलो महिनामै १ लाख पर्यटक भित्रिए
1 मिनेट पढ्ने
अपडेट: चैत्र २१, २०७९
Advertisement

कोरोना महामारीपछि पहिलोपटक एकै महिनामा झन्डै एक लाख पर्यटक नेपाल घुम्न आएका छन्। पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका हुन्। कोरोनाअघि, सन् २०१९ मार्चमा १ लाख ९ हजार पर्यटक आएका थिए। विस्तारै पर्यटक आगमन पुरानै अवस्थामा फर्किँदै गरेको बोर्डले जनाएको छ।

यस वर्ष जनवरीमा ५५ हजार र फेब्रुअरीमा ७३ हजार मात्र पर्यटक आएका थिए। मार्चमा सबभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन्। भारतबाट झन्डै २६ हजार, अमेरिकाबाट साढे नौ हजार, बेलायतबाट ६ हजार, जर्मनी र थाइल्यान्डबाट चार/चार हजार, श्रीलंका, फ्रान्स र अस्ट्रेलियाबाट तीन/तीन हजार पर्यटक आएका छन्। त्यस्तै चीन र दक्षिण कोरियाबाट साढे दुई/साढे दुई हजार पर्यटक आएका छन्।

बोर्डका अनुसार पर्यटकीय सिजन सुरू भएसँगै आगमन बढेको हो। पर्यटनका लागि अंग्रेजी महिनाअनुसार वर्षमा दुइटा सिजन हुन्छन्। पहिलो मार्च, अप्रिल र मे, दोस्रो सेप्टेम्बर, अक्टोबर नोभेम्बर र डिसेम्बर, यी दुवै सिजनमा नेपाल आउने पर्यटक विशेष पदयात्रा र पवर्तारोहणमा रूचाउने टानका प्रथम उपाध्यक्ष प्रदिप पण्डित बताउँछन्। मार्चमा हिमाल चढ्ने पर्यटक बढेका छन्। एकै महिनामा झन्डै एक हजारले अनुमति लिएका हुन्।

सबभन्दा बढी रूचाइएका गन्तव्य सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, लाङटाङ लगायत हुन्।’विदेशी पर्यटकले हिमालय शृंखला हेर्न मन पराउँछन्। त्यसकारण पनि उही गन्तव्यमा हरेक वर्ष पदयात्रा र पवर्तारोहणमा जानेहरू थपिन्छन्,’ उनले भने। २०७२ को भुइँचालोपछि लाङटाङ रूटमा भने पर्यटक बढ्न नसकेको उनले बताए। नेपाल घुम्न आउनेमध्ये २० प्रतिशत पर्यटक ट्रेकिङ जान्छन्। कोभिडअघि ट्रेकिङ जाने पर्यटक संख्या निकै राम्रो थियो। टानको तथ्यांकअनुसार सन् २०१८ मा करिब एक लाख ७९ हजार र २०१९ मा एक लाख ७२ हजार पर्यटकले पदयात्रा तथा पवर्तारोहण गरेका थिए।

कोभिडका कारण सन् २०२० यो संख्या घटेर ३५ हजार ८ सयमा झर्‍यो। त्यस्तै सन् २०२१ मा १५ हजार पाँच सय पर्यटक पदयात्रामा गएको प्रथम उपाध्यक्ष पण्डितले जानकारी दिए। सिजनमा पर्यटक आगमनले व्यवसायीहरू उत्साहित छन्। लामो समयदेखि थलिएको पर्यटन क्षेत्र अब पुरानै अवस्थामा फर्किने देखिएको छ। आगामी दिनमा ट्रेकिङ जाने पर्यटक वृद्धि हुने पण्डित बताउँछन्। ‘सिजन सुरू हुँदै गर्दा पर्यटक आगमन राम्रै देखिएको छ। यो हिसाबले पनि आगामी महिनामा अझ धेरै पर्यटक भित्रिने र पुरानै लयमा फर्किने संकेत छ,’ उनले भने।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
5 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
5 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
5 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
19 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

5 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

5 hours पहिले 39 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

5 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya