Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेपाल विद्युत प्राधिकरणले आगामी ५ वर्षमा साढे ८ खर्बभन्दा बढी लगानी आवश्यक पर्ने प्रक्षेपण गरे

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २२, २०७९
46 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेपाल विद्युत प्राधिकरणले आगामी ५ वर्षमा साढे ८ खर्बभन्दा बढी लगानी आवश्यक पर्ने प्रक्षेपण गरे
1 मिनेट पढ्ने
अपडेट: चैत्र २२, २०७९
Advertisement

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रणाली सुदृढीकरणका लागि आगामी ५ वर्षमासाढे ८ खर्बभन्दा बढी लगानी आवश्यक पर्ने प्रक्षेपण गरेको छ ।‘डिजिटल एनईए’ को अवधारणाअनुसार अघि बढेको प्राधिकरणले अहिले ४ खर्ब ३७ अर्ब बराबरका आयोजना अघि बढाएको छ । र, करिब ४ खर्ब १६ अर्ब बराबरको थप आयोजना अघि बढाउन योजनाहरु तयार गरेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अबको ५ वर्षमा प्राधिकरणले कुल ८ खर्ब ५३ अर्ब लगानी गर्नुपर्ने देखिएको छ ।

यसमध्ये सबैभन्दा ठूलो लगानी प्रसारण पूर्वाधार निर्माणका लागि गर्नुपर्ने छ । १ खर्ब ७१ अर्बका प्रसारण परियोजना बनाइरहेको प्राधिकरणले ५ वर्षमा यसमा कुल ५ खर्ब ४८ अर्ब खर्च गर्नुपर्ने प्रक्षेपण गरेको छ । मूल रुपमा ४०० केभीका लाइनहरुको निर्माणसहित सबस्टेसनहरुको निर्माण र स्तरोन्नतिमा यस्तो लगानी आवश्यक देखिएको प्राधिकरणको निष्कर्ष छ । योजना अनुसार काम भए देशभित्रको ऊर्जा खपपत बढाउने, विद्युतको गुणस्तर वृद्धि गर्न, चुहावट घटाउन तथा बिजुलीको निर्यातको पर्याप्त पूर्वाधार तयार गर्न सघाउने विश्वास गरिएको छ ।

प्राधिकरणले ५ वर्षभित्र ढल्केबर-मुजफ्फरपुर प्रसारणलइनलाई १२ सय मेगावाटमा चार्ज गर्ने योजना बनाएको छ भने २५ सय मेगावाट क्षमताका ढल्केबर-सीतामाडी, न्यू-बुटवाल-गोरखपुर, इनरुवा-पूर्णीया र लम्की-बरेली ४०० केभीका अन्तरदेशीय प्रसारणलाइनहरु पनि निर्माणको लक्ष्य राखेको छ । हाल ५ हजार ५२९ सर्किट किलोमिटर रहेको देशको प्रसारणलाइन ५ वर्षभित्र विस्तार गरेर दोब्बर बनाउनुपर्ने देखिएको प्राधिकरणको निष्कर्ष छ । ७५४ किलोमटरको ४०० केभीको प्रसारणलाइन बनाइरहेको प्राधिकरणले ५ वर्षभित्र ४ हजार २१८ सर्किट किलोमिटरको लाइन बनाउनुपर्ने प्राधिकरणको अध्ययनले देखाएको छ ।

प्राधिकरणले आगामी ५ वर्षभित्र कुल २१ हजार ९५३ मेगावाट बराबर क्षमताका सबस्टेसनहरु बनाउनुपर्ने प्रक्षेपण गरेको छ । हाल ८ हजार ६३ मेगावाट बराबर रहेको सबस्टेसनको क्षमता ५ वर्षभित्र १२ हजार मेगावाटले बढाउनुपर्ने अवस्था छ । ५ वर्षभित्र ४००/२०० केभीका सबस्टेसन मात्रै ७ हजार ७८१ मेगावाट बराबर हुनुपर्ने देखिएको प्राधिकरणको छ । भगिनी कम्पनीमार्फत विद्युत उत्पादनमा अहिले कुल १३१ अर्ब रुपैयाँको परियोजना अघि बढाएको प्राधिकरणले ५ वर्षभित्र कुल १६२ अर्ब लगानी आवश्यक रहेको ठहर गरेको छ ।

जस अनुसार प्राधिकरणले थप ३१ अर्ब वितरणलाइन सुधारमा खर्च गर्नेछ । प्राधिकरणले विद्युत उत्पादनमा हाल गरिरहेको ६१ अर्ब लगानीपछि थप लगानी नलगाउने भएको छ । विद्युत वितरणमा पनि अहिले अघि बढेका ५६ अर्बको परियोजना सक्ने लक्ष्य लिइएको छ । देशभित्र खपत बढाउन र बढी भएको विद्युत निर्यातका लागि निर्माणाधीन विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुसहित आगामी पाँच वर्षका लागि तय गरिएका योजनाहरुको कार्यान्वयन गर्न साढे आठ खर्ब रुपैयाँ भन्दा बढी लगानी आवश्यक रहेकाले त्यसमा सबै पक्षको ध्यान जानुपर्ने बताउँछन् । ‘यसका लागि सरकारकातर्फबाट ठूलो लगानी ग्याप छ, उक्त ग्याप सरकार, प्राधिकरण र दातृ निकायहरुबाट पूर्ति गर्नु पर्ने अवस्था छ, यसका लागि सहजीकरण र समन्वय आवश्यक छ’, घिसिङले भने ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
8 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
8 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
8 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
22 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

8 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

8 hours पहिले 40 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

8 hours पहिले 45 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya