Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

गृहमन्त्रीसमक्ष सुरक्षा सुदृढीकरण र निष्पक्ष निर्वाचनका लागि तात्कालिक कदम चाल्न भैरव ग्रुपको माग

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
मंसिर ४, २०८२
266 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
गृहमन्त्रीसमक्ष सुरक्षा सुदृढीकरण र निष्पक्ष निर्वाचनका लागि तात्कालिक कदम चाल्न भैरव ग्रुपको माग
0 मिनेट पढ्ने
अपडेट: मंसिर ४, २०८२
Advertisement

ललितपुर, मंसिर ४ गते । भैरव ग्रुप, याला सदक ललितपुरले देशभर बढ्दै गएको असुरक्षा, राजनीतिक अनिश्चितता र जनस्तरमा फैलिएको चिन्ताप्रति गम्भीर चासो व्यक्त गर्दै गृह मन्त्रालयका सम्माननीय गृहमन्त्री ओम प्रकाश अर्यालसमक्ष व्यापक ध्यानाकर्षण गराएको छ। समूहले मंसिर ४ गते गृहमन्त्रीलाई बुझाइएको विज्ञप्तिमार्फत राष्ट्रिय सुरक्षा, शान्ति तथा स्थिरता कायम गर्न तात्कालिक र प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

विज्ञप्तिमा हाल विभिन्न क्षेत्रमा देखिएका अराजकता, असुरक्षा तथा समन्वय अभावका घटनाले राष्ट्रिय वातावरणमा नकारात्मक असर पारेको उल्लेख गर्दै निम्न विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न अनुरोध गरिएको छ–

१. दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेका अराजक गतिविधिको कडाइका साथ नियन्त्रण।
२. प्रमुख सुरक्षा निकायबीच समन्वय तथा सूचनाको द्रुत आदान–प्रदान।
३. नागरिकको दैनिकी सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउने कार्ययोजना तत्काल प्रभावमा ल्याउने।

यसबाहेक, समूहले दीर्घकालीन राजनीतिक स्थिरताको पूर्वशर्तका रूपमा निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन सरकारलाई आग्रह गरेको छ। लोकतान्त्रिक मूल्य, जनविश्वास र सुशासनको आधारस्तम्भ नै निष्पक्ष निर्वाचन भएकाले सरकारले यसलाई तत्काल प्राथमिकता दिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

भैरव ग्रुपका प्रतिनिधि दिभेश शाक्यद्वारा हस्ताक्षरित उक्त पत्रमा राष्ट्रको स्थिरता, नागरिक सुरक्षा र सार्वजनिक विश्वास जोगाउन सरकारले सक्दो चाँडो आवश्यक कदम चाल्ने अपेक्षा व्यक्त गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
8 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
24 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
24 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
1 day पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

8 hours पहिले 53 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

24 hours पहिले 79 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

24 hours पहिले 38 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya