Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

राजनीतिक दलहरू असफल, अब सर्वपक्षीय सरकार र नयाँ संविधानबिना विकल्प छैन– रवि किरण

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १०, २०८२
105 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
राजनीतिक दलहरू असफल, अब सर्वपक्षीय सरकार र नयाँ संविधानबिना विकल्प छैन– रवि किरण
0 मिनेट पढ्ने
अपडेट: मंसिर १०, २०८२
Advertisement

काठमाडौं, मंसिर १० गते । देश गम्भीर राजनीतिक अनिश्चिततामा फसेको दाबी गर्दै जेन जि पुस्ताका अगुवा रवि किरण हमालले सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनलाई अहिलेको मुख्य राजनीतिक समाधानका रूपमा अघि सारेका छन्। बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सत्ता समायोजन “कु प्रकृयाको परिणाम” भएको आरोप लगाए।

किरणका अनुसार अस्थिरता, अविश्वास र शासकीय अक्षमता बढ्दै जाँदा युवापुस्ताले भाद्र २३–२४ मा उठाएको विद्रोहलाई सत्ता पक्षले बुझ्ने कि नबुझेर झनै भड्काउने भन्ने प्रश्न अहिले निर्णायक बनेको छ। “विद्रोहलाई कमजोर पार्ने, अपमानजनक तरिकाले लत्याउने कुनै पनि प्रयास युवापुस्ताले सहनेछैन,” उनले चेतावनी दिए।

सुशीला कार्की र ओमप्रकाश अर्याल नेतृत्वको समूहले “राज्यविहिनताको वातावरण उपयोग गर्दै सत्ता कब्जा गरेको” किरणको आरोप थियो। उनले पछिल्ला केही सरकारी निर्णयलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै भ्रष्टाचार र व्यक्तिगत स्वार्थको साम्राज्य फेरि बलियो बन्दै गएको टिप्पणी गरे। प्रस्तुत गरेका उदाहरणमध्ये—

१) डोल्मालाई अर्थमन्त्रीमार्फत दिइएको कर छुट,

२) ऊर्जामन्त्री कुलमान घिसिङद्वारा ४३ करोड घाटा हुने विद्युत् सम्झौता,

३) १६–१७ वर्षका किशोरीलाई बेहोस बनाएर डिम्ब बिक्री गराउने गिरोहलाई महान्यायाधिवक्तिबाट उन्मुक्ति,

४) गृहमन्त्रीले आफ्नै काकालाई डीआइजी बनाउन दरबन्दी थपेको घटना,

५) प्रधानमन्त्रीका सोकीय सचिवले आफन्त र नजिकका व्यक्तिलाई दिएको राजनीतिक नियुक्ति—

यी सबैलाई उनले “लुटतन्त्रको संस्थागत रूप” का प्रमाणअनुसार देखाए। किरणले विद्यमान राजनीतिक दलका ईमानदार तथा सुधारवादी नेताहरू, जेन जि पुस्ता र असन्तुष्ट जनसमुदायलाई एउटै मोर्चामा उभ्याउँदै सर्वपक्षीय सरकार गठन गरेर संविधान पुनर्लेखनमा प्रवेश गर्न अब ढिलो हुन नहुने निष्कर्ष प्रस्तुत गरे।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
7 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
23 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
23 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
23 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
24 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

7 hours पहिले 53 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

23 hours पहिले 79 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

23 hours पहिले 38 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya