Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जेन–जी विद्रोहपछिको निराशा, सरकारप्रति कडा प्रहार: “सुधारको नाममा धोका, अब सर्वपक्षीय सरकार र संविधान पुनर्लेखनको बाटो मात्र विकल्प”

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १२, २०८२
98 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जेन–जी विद्रोहपछिको निराशा, सरकारप्रति कडा प्रहार: “सुधारको नाममा धोका, अब सर्वपक्षीय सरकार र संविधान पुनर्लेखनको बाटो मात्र विकल्प”
0 मिनेट पढ्ने
अपडेट: मंसिर १२, २०८२
Advertisement

काठमाडौं, मंसिर १२ गते । जेन–जी विद्रोहपछिको राजनीतिक परिदृश्यमा सुधारको कुनै सार्थक संकेत नदेखिएको भन्दै ‘जेनजी रिभोलुसन नेपाल’ का संयोजक तथा सह–संयोजकले सरकारलाई अत्यन्त कठोर चेतावनी दिएका छन्। राष्ट्रिय इतिहासमै निर्णायक मोड मानिएको भदौ २४ को विद्रोहपछि पनि शासन प्रणाली, प्रशासनिक चरित्र र राजनीतिक संस्कार जस्ताको तस्तै रहनुलाई उनीहरूले “देशप्रति गर्ने सबैभन्दा ठूलो धोका” को टिप्पणी गरेका छन्।

खुला पत्रमार्फत सरकारको कार्यशैलीलाई ‘पाखण्डी र प्रतिक्रियावादी’ भन्दै उनीहरूले लेखेका छन्— “सुधारको नाममा गरिएको ढोंगले सहिदहरूको बलिदान अपमानित भएको छ। राज्यले न्यायलाई अन्धकारमा लुकाएर अपराधीलाई संरक्षण दिइरहेको यो प्रवृत्ति इतिहासले सहैंला छैन।”

“कुइरोमा हराएको अन्तरिम सरकार”

जनआन्दोलनपश्चात बनेको अन्तरिम सरकारप्रति पनि अभियन्ताहरू समान रूपमा असन्तुष्ट छन्। उनीहरूको आरोप छ— यो सरकारले जेन–जी पुस्ताका प्राथमिक मागहरू सुनुवाइ गर्ने अवसरमा “कुइरोको काग” जस्तै बेपत्ता भई जनविश्वास चकनाचुर बनाएको छ। प्रधानमन्त्रीले शपथग्रहणका दिन गरेको “एक–एकलाई कारबाही हुन्छ” भन्ने प्रतिज्ञालाई ‘ठूलो झुट’ भन्दै पत्रमा तीव्र असन्तुष्टि व्यक्त गरिएको छ।

दशैं–तिहारदेखि छठसम्म नरसंहारका आरोपीहरू खुलेआम घुमिरहनु, छानबिन आयोगको रिपोर्ट अनिश्चिततामा राखिनु, र मन्त्रिपरिषद् विस्तारमा विवादास्पद व्यक्तिहरू समावेश हुनु— यी सबै कार्यलाई अभियन्ताहरूले “अपराधीहरूको संरक्षण र पुरानै ढर्राको शासन” को प्रमाणका रूपमा व्याख्या गरेका छन्।

“विद्रोहलाई कमजोर पार्ने प्रयास स्वीकार्य छैन” — किरण

यसैबीच, बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जेन–जी अगुवा रवि किरण हमालले वर्तमान संकटको जड समाधान सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन मार्फत मात्र सम्भव हुने दाबी गरे। किरणका अनुसार आजको ‘नागरिक सरकार’ अनुचित प्रक्रिया र संकीर्ण स्वार्थका आधारमा बनेको हुँदा यसले जनताको भरोसा पुनः नफर्काउने स्पष्ट संकेत देखिएको छ।

सुशीला कार्की र ओमप्रकाश अर्याल नेतृत्वको समूहले “राज्यविहीनताको भ्रम” सृजना गर्दै सत्ता कब्जा गरेको आरोप लगाउँदै किरणले विभिन्न निर्णय र काण्डहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरे—

१) डोल्मालाई दिइएको कर छुट,

२) ऊर्जामन्त्री कुलमान घिसिङको ४३ करोड घाटा हुनेगरी गरिएको विद्युत् सम्झौता,

३) किशोरीहरूलाई बेहोस पारेर डिम्बे बिक्री गराउने गिरोहलाई महान्यायाधिवक्ताद्वारा दिइएको उन्मुक्ति,

४) काकालाई डीआइजी बनाउन गृहमन्त्रीले गरेको दरबन्दी वृद्धि,

५) प्रधानमन्त्री सचिवालयमा नातावादका आधारमा भएको नियुक्ति।

यी घटनाहरूले सरकार “भ्रष्टाचार र लुटतन्त्रको औपचारिक संरक्षक” बनेको प्रमाणित गरेको किरणको भनाइ छ।

सर्वपक्षीय मोर्चाको प्रस्ताव !

किरणले विद्यमान दलभित्रका निष्ठावान नेताहरू, जेन–जी पुस्ता, असन्तुष्ट नागरिक समाज र वैकल्पिक शक्तिलाई एउटै मोर्चामा उभ्याउँदै सर्वपक्षीय सरकार निर्माण गर्न आग्रह गरे। संविधान पुनर्लेखनलाई उनले “राजनीतिक पुनर्जन्मको अन्तिम अवसर” भन्दै चेतावनी दिए—
“यदि फेरि युवाहरूलाई धोका दिइयो भने अर्को पटक उठ्ने शक्तिसमेत नबच्न सक्छ। सहिदहरूको रगतलाई घिनलाग्दो राजनीतिमा नलगिई स्थायी समाधानको बाटो समात्नैपर्छ।”

राजनीतिक स्थिरताका लागि निर्णायक मोड !

खुला पत्रमा विगतका अधुरा वाचा, अपूर्ण छानबिन र बिनाआधारको आश्वासनहरू उजागर गर्ने तस्बिर समेत संलग्न छन्, जसले सरकारप्रति जनआक्रोश झनै तीव्र बनाइरहेको छ। युवा पुस्ताका मागहरू सम्बोधन नगर्ने हो भने, अभियानकर्ताहरूको चेतावनी छ— “राजनीतिक स्थिरता मात्र होइन, समग्र प्रणाली नै धरासायी हुन सक्छ।”

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
7 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
23 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
23 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
23 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
24 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

7 hours पहिले 53 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

23 hours पहिले 79 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

23 hours पहिले 38 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya