Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मन्त्री पद नत्यागी चुनावी दौडमा कुलमान घिसिङ : जेन जि मुभमेन्टद्वारा कडा आपत्ति, तत्काल बर्खास्तीको माग

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १५, २०८२
89 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मन्त्री पद नत्यागी चुनावी दौडमा कुलमान घिसिङ : जेन जि मुभमेन्टद्वारा कडा आपत्ति, तत्काल बर्खास्तीको माग
0 मिनेट पढ्ने
अपडेट: मंसिर १५, २०८२
Advertisement

काठमाडौँ, मंसिर १५ गते । चुनावी सरकारका तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले पद कायम राख्दै चुनावी प्रतिस्पर्धामा उत्रिने संकेत दिएपछि नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ। उनी मन्त्री पदमै रहँदै निर्वाचनमैदानमा प्रवेश गर्न खोजिरहेको भन्दै जेन जि मुभमेन्ट नेपालले कठोर प्रतिक्रिया व्यक्त गरेको छ।

मुभमेन्टले सोमबार सार्वजनिक गरेको वक्तव्यमा घिसिङको कदम “लोकतान्त्रिक आचरण र राजनीतिक नैतिकतामाथि खुला प्रहार” भएको आरोप लगाइएको छ। मन्त्रीको हैसियतलाई ढाल बनाएर चुनावमा उत्रिन खोज्नु, आन्दोलनमा रगत बगाएका नयाँ पुस्ताको बलिदानमाथिको अपमान भएको जनाइएको छ।

यता, प्रधानमन्त्री सुशीला कार्कीले “कुलमान घिसिङ नभएको भए सरकार नै चल्दैनथ्यो” भन्ने भनाइले पनि सरकारको निर्भरता र सत्ताको अस्वस्थ अभ्यास झल्किएको मुभमेन्टको आरोप छ।

मुभमेन्टले घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दाहरू र भारतसँग गरिएको ४३ करोड रुपैयाँ बराबरको राष्ट्रिय क्षति हुनेगरी भएको विद्युत् सम्झौता पनि सार्वजनिक गर्दै—“यिनै कारणले घिसिङले मन्त्री पदमा बसिरहन कुनै नैतिकाधिकार छैन”—भनेर जोड दिएको छ।

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न तथा “मन्त्री पदको दुरुपयोग गरेर चुनावी प्रक्रिया कब्जा गर्ने प्रयास” रोक्न राज्य संयन्त्र सक्रिय हुनुपर्ने मुभमेन्टको माग छ। साथै, जेन जि विद्रोहका नाममा सुशीला कार्की नेतृत्वको सरकारले नैतिक वैधता गुमाइसकेको आरोप पनि वक्तव्यमा गरिएको छ।

अन्त्यमा मुभमेन्टले देशमा कुशासन, सत्ता कब्जा र अनैतिक राजनीतिक चलनको अन्त्य गर्दै नयाँ पुस्ताको बलिदानबाट नयाँ युगको सुरुवात हुने चेतावनी जारी गरेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
6 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
21 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
22 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
22 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

6 hours पहिले 53 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

21 hours पहिले 76 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

22 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya