Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

कञ्चनरुप संकटः तलब रोक्ने नेतृत्व, दोष थोपर्ने विज्ञप्ति र सत्यलाई ‘कथित’ बनाउने प्रयास

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १६, २०८२
152 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
कञ्चनरुप संकटः तलब रोक्ने नेतृत्व, दोष थोपर्ने विज्ञप्ति र सत्यलाई ‘कथित’ बनाउने प्रयास
1 मिनेट पढ्ने
अपडेट: मंसिर १६, २०८२
Advertisement

सप्तरी, मंसिर १६ गते । कञ्चनरुप नगरपालिकामा पछिल्ला घटनाहरुले एकैपटक धेरै प्रश्न उठाएका छन्—यहाँ वास्तविक समस्या पत्रकार हुन् कि नगरपालिकाको नेतृत्व ? पाँच महिनादेखि कर्मचारी तलब नपाउने, कार्यालयभित्र निर्णय प्रक्रिया चरम अव्यवस्थित हुने, नियम–कानुनको खुल्लमखुल्ला अवमूल्यन हुने—यी सबै समस्याको मूल जड कहाँ छ ? नेतृत्वमा कि प्रश्न सोध्नेमा ?

तर कञ्चनरुपमा अहिले उल्टो खेल चल्दैछ। समस्या समाधानका लागि जिम्मेवार नेतृत्व आरोपपत्र निकालेर प्रश्न उठाउनेलाई नै ‘कथित’ भन्दै बदनाम गर्ने प्रयासमा लागेको छ।

छानबिन सुरु नहुँदै पत्रकारलाई दोषी ? लोकतान्त्रिक मूल्यको अपमान

पत्रकार कैलाश माझीसँग सम्बन्धित विवाद अझै छानबिनमै पुगेको छैन। तर नगरपालिकाले जारी गरेको विज्ञप्तिमा प्रयोग भएका शब्द— “कथित पत्रकार”, “ज्यादति गर्ने व्यक्ति”, “लात्ति हानेर कार्यालय छिर्ने”—ले स्पष्ट देखाउँछ कि नेतृत्व छानबिनभन्दा आरोप–प्रचारमा बढी उत्साहित छ।

नेपालमा प्रेस नियमनका ठोस संरचना छन्। पत्रकारितामा गल्ती भए कानुनी प्रक्रिया छ। तर कञ्चनरुपमा कानून होइन, राजनीतिक–प्रशासनिक दवाबमा आधारित भाषिक ‘दण्ड’ चलाइँदैछ।

विज्ञप्तिको वास्तविक लक्ष्य पत्रकार होइन—पत्रकारिताबाट उठेका प्रश्नहरू

स्थानीय सरोकारवालाहरू र पत्रकारिताका विज्ञहरू भन्छन्— विज्ञप्तिको उद्देश्य पत्रकारलाई कचप्याउनु मात्र होइन, पछिल्ला दिनमा पत्रकारहरूबाट उठ्दै आएका संवेदनशील विषय–

पाँच महिनादेखिको तलब रोक्का

  • कार्यालयभित्रका अनियमितता
  • निर्णय प्रक्रियामा मनोमानी
  • नेतृत्वमाथिका दुव्र्यवहारका आरोप, यी सबैलाई ढाकछोप गर्ने रणनीति हो।

अलोकित दैनिकका सम्पादक भोला पासवानकै शब्दमा—“विज्ञप्ति पत्रकारविरुद्ध होइन, पत्रकारले देखाएको यथार्थविरुद्ध हो। प्रश्नले होइन, प्रश्नबाट डराउने मानसिकताले समस्या उत्पन्न गरेको हो।”

समस्या थप उजागर गर्ने पाँच मूल यथार्थ

१. नेतृत्वको गैरजिम्मेवारी :- नगर प्रमुखमाथि पटक–पटक दुव्र्यवहारका आरोप लाग्दै आएका छन्। नेतृत्वले स्वयं वातावरण बिगार्दछ।

२. मनोमानी निर्णय संस्कृति :- प्रशासकीय अधिकृतदेखि सामान्य स्टाफसम्म, निर्णय प्रक्रियामा व्यक्तिगत प्रभाव हावी छ।

३. कानुनी प्रक्रियाको उपेक्षा :- तलब रोक्का, वित्तीय व्यवस्थापन, कर्मचारी प्रशासन—सबैतिर नियमभन्दा शक्ति ठूलो देखिन्छ।

४. कार्यपालिकाभित्रको गुटबन्दी :- सहकार्य होइन—टकराव। यसले सेवा डगमगाइरहेको छ।

जनसेवा प्रभावित :- तलब नदिँदा कर्मचारी मात्र होइन, नागरिक सेवा नै अस्तव्यस्त बनेको छ।

पत्रकार होइन—समस्या नेतृत्वको चरित्र र प्रक्रियामै छ

पत्रकारको भूमिका स्पष्ट छ—प्रश्न सोध्नु, तथ्य उजागर गर्नु, जनताको आवाज बोल्नु। तर कञ्चनरुपमा नेतृत्व प्रश्नको जवाफ दिन भन्दा पनि प्रश्न उठाउनेलाई दोषी ठहर्याउन आतुर देखिन्छ।

सत्य लेख्ने कलमलाई ‘कथित’ बनाएर समस्या समाधान हुँदैन। वास्तविक समस्या—अव्यवस्थित शासन, दुरुपयोग, मनोमानी, र छानबिनभन्दा प्रचारमा विश्वास राख्ने प्रवृत्ति हो।

समाधान—दमन होइन, प्रणाली सुधार

कञ्चनरुपको संकट समाधानका पाँच प्रमुख उपाय :

१) नेतृत्वको जवाफदेहीता सुनिश्चित गर्ने

२) पारदर्शी प्रक्रिया लागू गर्ने

३) कानुनको समान प्रयोग गर्ने

४) कर्मचारी–नागरिक सेवालाई प्राथमिकतामा राख्ने

५) प्रेस स्वाधीनताको वातावरण जोगाउने

कञ्चनरुपमा पत्रकारमाथि ‘कथित’ आरोप लगाएर यथार्थ लुकाउने प्रयासले उल्टै एकै प्रश्नलाई उजागर गरेको छ :- समस्या पत्रकार होइनन्, समस्या सत्य सुन्न नचाहने नेतृत्व हो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
6 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
21 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
22 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
22 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

6 hours पहिले 53 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

21 hours पहिले 76 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

22 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya