Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीद्वारा शिक्षा मन्त्री महावीर पुनलाई २८ बुँदे मागसहित ज्ञापनपत्र

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
मंसिर २२, २०८२
126 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीद्वारा शिक्षा मन्त्री महावीर पुनलाई २८ बुँदे मागसहित ज्ञापनपत्र
0 मिनेट पढ्ने
अपडेट: मंसिर २२, २०८२
Advertisement

काठमाडौं, मंसिर २२ गते । अखिल नेपाल विद्यार्थी यूनियन समाजवादी केन्द्रीय समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई २८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएर शिक्षा क्षेत्रका विद्यमान समस्या समाधानको तत्काल पहल गर्न आग्रह गरेको छ। संगठनका अध्यक्ष नरेन्द्र सीले हस्ताक्षरित ज्ञापनपत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्म देखिएका संरचनात्मक कमजोरी, व्यापारीकरण, दलीय भागबण्डा, शुल्कको अनियमितता र सार्वजनिक शिक्षाको कमजोर पहुँचमा गम्भीर ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमा विगतका दलीय भागबण्डाका आधारमा भएका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका सबै नियुक्ति खारेज गरी मेरिटका आधारमा नयाँ नियुक्ति गर्न, विद्यार्थीलाई यातायात–मनोरञ्जन–स्वास्थ्यमा ४५ प्रतिशत छुट पुनः लागू गर्न तथा सबै विद्यार्थीलाई केन्द्रीकृत स्वास्थ्य बीमामा आबद्ध गराउन माग गरिएको छ।

संविधानमा व्यवस्था गरिएको निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयन, सामुदायिक विद्यालयले विभिन्न शीर्षकमा लिने शुल्क बन्द गर्ने, निजी तथा सरकारी विद्यालयमा समान पाठ्यपुस्तक लागू गर्ने तथा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या अनुसार शिक्षक दरबन्दी थप गर्ने माग पनि गरिएको छ।

यसैगरी त्रिवि र सामुदायिक क्याम्पसहरूको भौतिक पूर्वाधार सुधार, निजी कार्यक्रमहरूलाई सरकारी मातहत ल्याउने, त्रिवि तथा सीटीईभीटीको पुनर्संरचना, अपाङ्ग, दलित तथा विपन्न विद्यार्थीका लागि निःशुल्क उच्च शिक्षा लागू गर्ने, निजी विद्यालयको चर्को शुल्क नियन्त्रण गर्ने तथा छात्रवृत्तिको वितरण कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको छ।

संगठनले शिक्षक तालिमका लागि ‘टिचर एकेडेमी’ स्थापना, उपत्यकामा विद्यार्थीमैत्री तीनवटा क्यान्टिन सञ्चालन, प्रमाणपत्र धितोमा विद्यार्थी ऋण, परीक्षा प्रणाली सुधार, छात्राको सुरक्षाको ग्यारेन्टी तथा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाई स्वतन्त्र प्राङ्गिक नेतृत्व कायम गर्ने प्रावधानसमेत अघि सारेको छ।

साथै, स्ववियु निर्वाचन एकरूपता, शैक्षिक क्यालेण्डर अक्षरशः लागू, विदेशी विश्वविद्यालय सम्बन्धन प्राप्त कलेजको अनियमितता नियन्त्रण तथा विद्यार्थीको चाप बढ्दै गएको पिसिएल नर्सिङजस्ता विषयमा सिट संख्या विस्तार गर्न माग गरिएको छ।

संगठनले राज्य पुनर्संरचना र संविधान पुनर्लेखनका बहस चलिरहेका बेला शिक्षा क्षेत्रका आधारभूत समस्याको समाधान अब ढिलो गर्न नहुने बताएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2452 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
6 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
21 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
21 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
22 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

6 hours पहिले 52 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

21 hours पहिले 76 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

21 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya