Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

डोटी कारागारमा २५ जना क्षमता भएको भन्दा बढी ६३ जना कैदी बन्दीहरु राखिए

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २३, २०७९
40 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
डोटी कारागारमा २५ जना क्षमता भएको भन्दा बढी ६३ जना कैदी बन्दीहरु राखिए
1 मिनेट पढ्ने
अपडेट: चैत्र २३, २०७९
Advertisement

डोटी – २५ जना क्षमता भएको डोटी कारागारमा ६३ जना बढी कैदी बन्दीहरु राखिएका छन् । कारागारको क्षमता २५ जना रहेको कारागार कार्यालयका प्रमुख प्रदिप ओझा बताउँछन् । ‘क्षमता त २५ जनाको मात्रै हो तर कैदी र थुनुवा गरी हाल ६३ जना छन्’ ओझाले भने ‘निकै असहजता भइरहेको छ ।’उनले कारागारको भवन पुरानो र जीर्ण भइसकेकोले भूकम्पीय जोखिममा समेत रहेको वताए । ओझाका अनुसार उक्त भवन निर्माण भएको एक सय वर्षभन्दा माथी भइसककेको छ ।

‘जीर्ण भइसकेको साँघुरो भवन रहेछ, त्यसैमा क्षमता भन्दा अढाई गुणा बढी कैदी बन्दी राख्नुपर्ने बाध्यता छ’ एक महिनाअघि मात्रै कार्यालय प्रमुख भएर आएका ओझा भन्छन् ‘उनीहरुलाई सुत्न-बस्नकै लागि समस्या छ।’ओझाले एउटै कोठामा सात-आठ जना कैदी बन्दीलाई राखेर व्यवस्थापन गर्नु परेको जानकारी दिए । उनी भन्छन्, ‘कारागारमा खेल्ने आँगन पनि साँघुरो छ, सबै कैदीहरुलाईसँगै बस्ने समेत ठाउँ हुँदैन आँगनमा।’

कारागार कार्यालयले दिएको जानकारी अनुसार हाल कारागारमा कैदी ४७ र थुनुवा १६ रहेका छन् । सबैभन्दा बढी जबरजस्ती करणीको मुद्दाका कैदीवन्दी रहेको कार्यालयले उपलब्ध गराएको बिवरणमा उल्लेख छ । यस शीर्षकमा १९ कैदी र पाँच थुनुवा गरी २४ जना रहेका छन् । यस्तै कर्तव्य ज्यान मुद्दामा १४ कैदी र तीन बन्दी गरि १७ जना रहेका छन् । सवारी ज्यान मुद्दामा चार कैदी र दुई थुनुवा गरी ६ जना, लागु औषधमा एक कैदी र तीन थुनुवा गरी चार जना, ज्यान मार्ने उद्योगमा दुई कैदी र एक थुनुवा गरी तीन जना र चोरी मुद्दामा एक कैदी र एक थुनुवा गरी दुई जना रहेका छन् ।

कार्यालयको अभिलेख अनुसार बालबिवाह र जवरजस्ती करणी उद्योगमा दुई, जवरजस्ती करणी, बालबिवाह र बहुबिवाहमा एक, जबरजस्ती करणी उद्योगमा एक, कर्तव्य ज्यान अवैध हातहतियारमा एक र बाल यौन दुराचारमा एक जना कैद भुक्तान गरिरहेका छन् । अवैध हातहतियारमा एक जना थुनामा रहेका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
8 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
8 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
8 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
22 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

8 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

8 hours पहिले 40 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

8 hours पहिले 45 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya