Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेपाल प्रहरीमा ‘कार्यसम्पादन तथा मूल्याङ्कन अभिलेख ढाँचा’ पुस १ देखि कार्यान्वयन, प्रधान कार्यालयमा अनुशिक्षण कार्यक्रम सम्पन्न

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
पुस १, २०८२
78 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेपाल प्रहरीमा ‘कार्यसम्पादन तथा मूल्याङ्कन अभिलेख ढाँचा’ पुस १ देखि कार्यान्वयन, प्रधान कार्यालयमा अनुशिक्षण कार्यक्रम सम्पन्न
0 मिनेट पढ्ने
अपडेट: पुस १, २०८२
Advertisement

काठमाडौं, पुस १ गते । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्ने तथा सो अनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य–प्रभावकारिता र कार्यदक्षता अनुगमन एवं मूल्याङ्कन गर्ने उद्देश्यले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको मंसिर २५ गतेको बैठकबाट पारित कार्यसम्पादन र मूल्याङ्कन ढाँचा सम्बन्धमा उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक बिकले यो प्रणालीले वस्तुनिष्ठ मूल्याङ्कनको आधार तयार गर्ने र संगठनलाई आगामी दिनमा प्रभावकारी योजना बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार यस प्रणालीमार्फत विभिन्न प्रहरी इकाइहरूको तुलनात्मक अध्ययन गर्न सकिने, आफैंले गरेको कामको मूल्याङ्कन र विश्लेषण गरी सुधार गर्ने अवसर प्राप्त हुने तथा समग्रमा कार्यसम्पादनको स्तर वृद्धि हुने अपेक्षा गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले अनुशिक्षणको उद्देश्य र प्रभावकारिताबारे जानकारी गराउनुभएको थियो। यस्तै, प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरले अनुशिक्षण कार्यक्रमको परिचय, उद्देश्य, कार्यसम्पादन अभिलेखका लागि निर्दिष्ट कार्यालयहरू, प्रतिवेदन ढाँचा, सूचकहरूको संख्यात्मक विवरण, कार्यसम्पादनका मुख्य क्षेत्र, प्रतिवेदन तथा मूल्याङ्कन प्रणाली, मूल्याङ्कन भार, उत्प्रेरणा, सुधार र अपेक्षित उपलब्धीहरूबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिसँगै सातै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख र प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो।

नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट सम्पादन हुने कार्यहरूको केन्द्रीय अभिलेख प्रणाली विकास गरी ती इकाइ तथा कार्यालय प्रमुखहरूको कार्यसम्पादन तदारूकता, तत्परता, पहलकदमी र समग्र कार्यसम्पादन स्तरको वस्तुगत मूल्याङ्कन तथा मापन गर्ने उद्देश्यले ‘कार्यसम्पादन र मूल्याङ्कन अभिलेख ढाँचा’ तयार गरिएको हो। यो प्रणाली पुस १ गतेदेखि कार्यान्वयनमा आउने बताइएको छ।

विभिन्न कार्यालयका प्रमुख र कर्मचारीहरूबाट सम्पादित कार्यहरूलाई प्रभावकारी रूपमा अभिलिखित गर्ने, कार्यसम्पादनलाई वस्तुगत र परिमाणात्मक रूपमा मापन गर्ने तथा प्राप्त नतिजालाई नीतिगत सूचना र निर्णय प्रक्रियामा उपयोग गर्ने लक्ष्यसहित विकास गरिएको यस प्रणालीले प्रहरी कार्यालयहरूको आवधिक मूल्याङ्कनलाई यथार्थपरक, वस्तुनिष्ठ र समयसापेक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2451 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
4 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
20 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
20 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
21 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

4 hours पहिले 50 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

20 hours पहिले 76 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

20 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya