Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेकपा एमाले केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठक सम्पन्न, आर्थिक पारदर्शिता र अनुशासनमा जोड

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
पुस ४, २०८२
199 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेकपा एमाले केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठक सम्पन्न, आर्थिक पारदर्शिता र अनुशासनमा जोड
0 मिनेट पढ्ने
अपडेट: पुस ४, २०८२
Advertisement

काठमाडौँ, पुस ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठक पार्टीको केन्द्रीय मुख्यालय च्यासलमा सम्पन्न भएको छ। केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा. डा. क. पुष्प कंडेलको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष क. घनेन्द्र घिमिरेसहित आयोगका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन सचिव क. ईश्वरीप्रसाद खरेलले गरेका थिए।

बैठकले पार्टीको लेखा, आर्थिक अनुशासन तथा व्यवस्थापनसम्बन्धी विषयमा विविध महत्वपूर्ण निर्णयहरू गरेको छ। आयोगले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यहरूलाई निर्वाचित गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै लेखा आयोगका निवर्तमान पदाधिकारी तथा सदस्यप्रति सम्मानसहित धन्यवाद ज्ञापन गरिएको छ।

पार्टीको विधान, नीति र लोकतान्त्रिक अभ्यासअनुसार सम्पन्न ऐतिहासिक महाधिवेशनले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै आयोगले “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प” र “समृद्ध नेपाल, सुखी नेपाली—राष्ट्रिय गन्तव्य” भन्ने मूल नारालाई आत्मसात् गर्दै पार्टीलाई आर्थिक रूपमा पारदर्शी, अनुशासित र सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

केन्द्रीय लेखा आयोगले पार्टीको आर्थिक अनुशासन, जवाफदेहिता र सुशासनलाई संस्थागत गर्दै संगठनलाई थप विश्वासिलो र बलियो बनाउने प्रमुख दायित्व निर्वाह गर्ने स्पष्ट पारेको छ। यसका लागि पार्टी नेतृत्व, निकाय तथा सम्पूर्ण पंक्तिसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

बैठकले महाधिवेशन सफल बनाउन अहोरात्र खटिएका केन्द्रीय नेतृत्व, आयोजक समिति, स्वयंसेवक, सुरक्षा निकाय, सञ्चारकर्मी तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै पार्टीको सुदृढीकरण, संगठनात्मक मजबुती तथा समाजवाद उन्मुख समृद्ध नेपालको यात्रामा निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2451 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
4 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
20 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
20 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
21 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

4 hours पहिले 50 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

20 hours पहिले 76 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

20 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya