Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

“हिसाब मिलाउन बाँकी छ, न्याय पाउन बाँकी छ” — रिहाइपछि रवि लामिछानेको सन्देश

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
पुस ४, २०८२
98 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
“हिसाब मिलाउन बाँकी छ, न्याय पाउन बाँकी छ” — रिहाइपछि रवि लामिछानेको सन्देश
0 मिनेट पढ्ने
अपडेट: पुस ४, २०८२
Advertisement

भैरहवा, पुस ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू अझै न्यायको लडाइँमै रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले भोगेको अन्यायभन्दा देशमाथि भइरहेको अन्याय धेरै गम्भीर रहेको उल्लेख गरे।

लामिछानेले अहिले विस्तृत रूपमा बोल्ने समय नआएको जनाउँदै हिसाब–किताब गर्न अझै धेरै कुरा बाँकी रहेको बताए। “न्यायको यो लडाइँ मेरो मात्र होइन, यो देशको न्यायका लागि हो,” उनले भने, “ममाथि भएको अन्याय त केही पनि होइन, देशमाथि गरिएको अन्यायको हिसाब गर्न बाँकी छ। त्यो हिसाब मिलेपछि म अलि लामो बोल्नेछु।”

काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा पुग्ने तयारी भए पनि खराब मौसमका कारण उनी चितवनसम्म मात्र जहाजमा आए। त्यसपछि सडकमार्ग हुँदै साँझ पौने ६ बजे भैरहवा कारागार पुगेका लामिछाने रिहा हुँदा उनका समर्थक र पार्टीका नेता–कार्यकर्ताले कारागार परिसरमा हुटिङ गर्दै खुशियाली मनाए।

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार केही सर्त पूरा गरी बैंक जमानतका कागजात बुझाएपछि लामिछानेलाई रिहा गरिएको हो।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो। बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी कारागारबाट बाहिरिएका हुन्।

रिहाइसँगै लामिछानेले न्यायको यात्रामा अझै संघर्ष जारी रहने स्पष्ट संकेत दिएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2451 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
4 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
20 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
20 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
20 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
21 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

4 hours पहिले 50 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

20 hours पहिले 76 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

20 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya