Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

संरचनागत सुधारबिनाको निर्वाचन अस्वीकार्य : निर्वाचन आयोगलाई जेन जि मुभमेन्टको कडा चेतावनी

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
पुस १४, २०८२
99 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
संरचनागत सुधारबिनाको निर्वाचन अस्वीकार्य : निर्वाचन आयोगलाई जेन जि मुभमेन्टको कडा चेतावनी
0 मिनेट पढ्ने
अपडेट: पुस १४, २०८२
Advertisement

काठमाडौँ, पुस १४ गते । जेन जि विद्रोहका क्रममा ७६ जना नागरिकको ज्यान गएको र तीन हजारभन्दा बढी नेपाली अङ्गभङ्ग तथा गम्भीर घाइते भएको स्मरण गराउँदै जेन जि मुभमेन्ट नेपालले संरचनागत राजनीतिक सुधार नगरी अघि बढाइने कुनै पनि निर्वाचन स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएको छ।

आन्दोलनका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा ती बलिदानहरू केवल निर्वाचनको मिति २०८४ बाट २०८२ मा सार्ने विषयसँग सीमित नभएको उल्लेख छ। वक्तव्यमा राज्यको असफल शासन प्रणाली, विकृत निर्वाचन व्यवस्था, दण्डहीनता र जनविरोधी शासकीय संरचनाविरुद्धको ऐतिहासिक प्रतिरोधका रूपमा विद्रोह भएको दाबी गरिएको छ।

जेन जि मुभमेन्टले संविधान पुनर्लेखन, शासकीय स्वरूप र निर्वाचन प्रणालीको आमूल परिवर्तन, सार्वजनिक संस्थाहरूको गहिरो पुनर्संरचना तथा विद्रोहका क्रममा नागरिकमाथि भएको दमनमा संलग्नहरूमाथि कानुनी कारबाही अनिवार्य शर्तका रूपमा अघि सारेको छ। साथै, विगत तीन दशकदेखि देश दोहनमा संलग्न भ्रष्ट र लुटतन्त्रका मुख्य पात्रहरूलाई न्यायको कठघरामा उभ्याएपछि मात्र निर्वाचनको औचित्य रहने वक्तव्यमा उल्लेख गरिएको छ।

यी आधारभूत राजनीतिक र संवैधानिक प्रश्नहरूलाई बेवास्ता गर्दै जबरजस्ती निर्वाचन प्रक्रिया अघि बढाइए त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी राज्यका सम्बन्धित निकायहरूले नै वहन गर्नुपर्ने चेतावनी दिइएको छ।

निर्वाचन आयोगका आयुक्त, पदाधिकारी तथा कर्मचारीहरूलाई लक्षित गर्दै जनअभिमतविरुद्ध र राजनीतिक निकासबिनाको निर्वाचन प्रक्रिया अघि बढाउने कुनै पनि निर्णय सामूहिक मात्र नभई व्यक्तिगत उत्तरदायित्वसहित इतिहासमा अभिलेख हुने पनि मुभमेन्टले जनाएको छ। भविष्यमा हुने न्यायिक र राजनीतिक प्रक्रियामा ती निर्णयहरूको गम्भीर समीक्षा हुने उल्लेख गरिएको छ।

प्रेस वक्तव्यमा जनताको सहमति, न्याय र संरचनागत रूपान्तरणबिनाको निर्वाचन अघि बढाइए देशव्यापी शान्तिपूर्ण प्रतिरोधका कार्यक्रमहरू घोषणा गरिने र त्यसबाट सिर्जना हुने राजनीतिक, सामाजिक तथा संस्थागत परिणामहरूको जिम्मेवारी सम्बन्धित निकायहरूले नै लिनुपर्ने स्पष्ट पारिएको छ।

उल्लेखनीय छ, आज निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम दिन रहेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2451 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
3 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
18 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
19 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
19 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
19 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

3 hours पहिले 50 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

18 hours पहिले 75 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

19 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya