Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

पत्रकारको सुरक्षालाई प्राथमिकता दिनुपर्छ: सामाजिक सुरक्षा कोषमा सबै पत्रकार जोड्ने सरकारको प्रतिबद्धता

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
पुस १९, २०८२
91 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
पत्रकारको सुरक्षालाई प्राथमिकता दिनुपर्छ: सामाजिक सुरक्षा कोषमा सबै पत्रकार जोड्ने सरकारको प्रतिबद्धता
तस्बिरः सनद अधिकार
0 मिनेट पढ्ने
अपडेट: पुस १९, २०८२
Advertisement

चितवन, पुस १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु अनिवार्य भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ चितवन शाखाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको पेशागत सुरक्षा र स्थायित्व सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।

मन्त्री खरेलका अनुसार सरकारले हाल सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा समेट्ने प्रक्रिया सुरु गरिसकेको छ। “यसलाई क्रमशः सबै पत्रकारसम्म विस्तार गर्न आवश्यक छ,” उनले भने। पत्रकार महासङ्घको कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा आएको अनुभूति हुने उल्लेख गर्दै उनले चितवन शाखा अन्य शाखाको तुलनामा व्यवस्थित र सक्रिय रहेको प्रशंसा गरे।

उनले पत्रकारका दीर्घकालीन समस्या समाधानका लागि वर्तमान सरकारले केही आधारशिला तयार गरिरहेको दाबीसमेत गरे। लोककल्याणकारी विज्ञापनको वितरण प्रणाली पारदर्शी र न्यायोचित हुनुपर्नेमा जोड दिँदै मन्त्री खरेलले सबै सञ्चारमाध्यमले समान अवसर पाउनुपर्ने बताए।

निरीक्षणका क्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लामा पत्रकारिताको अवस्था, चुनौती र आवश्यक सुधारबारे मन्त्रीलाई जानकारी गराएका थिए। सोही अवसरमा मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजन चितवनका समाचारदाता अनिल ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भेटसमेत गरे।

मन्त्री खरेलले ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रूपमा काम गर्न सक्ने वातावरण बनाइने प्रतिबद्धता जनाए। यसका लागि सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोनमार्फत आवश्यक सहजीकरण गर्न निर्देशनसमेत दिएका थिए।

ढकालले प्रत्यक्ष प्रसारणका लागि जाँदा दुर्घटना भएको उल्लेख गर्दै नेपाल टेलिभिजनमा स्थायित्वसहित रोजगारी सुनिश्चित गरिदिन आग्रह गरेका थिए। गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका ढकालको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको बताइएको छ। उनी पछिल्ला तीन महिनादेखि उपचाररत छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 843 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
2 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
17 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
17 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
18 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
18 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

2 hours पहिले 44 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

17 hours पहिले 71 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

17 hours पहिले 36 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya