Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

पृथ्वी जयन्तीमा काठमाडौँमा एकताको भव्य झलक, भद्रकालीदेखि सिंहदरबारसम्म परेड

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
पुस २६, २०८२
88 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
पृथ्वी जयन्तीमा काठमाडौँमा एकताको भव्य झलक, भद्रकालीदेखि सिंहदरबारसम्म परेड
1 मिनेट पढ्ने
अपडेट: पुस २६, २०८२
Advertisement

काठमाडौँ, पुस २६ गते । काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। पौष २७ गते बिहान ११ बजे भद्रकालीबाट सुरु भई सिंहदरबारसम्म पुग्ने उक्त परेडले राष्ट्रिय एकताको सशक्त सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ।

राष्ट्रिय ऐक्यबद्धतालाई केन्द्रमा राखेर आयोजना गरिने परेडमा हजारौँ नेपालीहरूको स्वस्फूर्त सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागी हुन कुनै औपचारिक प्रक्रिया आवश्यक नपर्ने बताउँदै आयोजकले सबैलाई स्वतःस्फूर्त रूपमा उपस्थित हुन आह्वान गरेका छन्।

परेडमा सहभागीहरूले आ–आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने प्रस्तुति दिन आग्रह गरिएको छ। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व मार्फत नेपाली समाजको बहु-सांस्कृतिक स्वरूप र एकताको भावना उजागर गर्ने लक्ष्य लिइएको छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँ सहित देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन्। यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्यो पदेश वितरण तथा वाचन, साथै अन्य रचनात्मक गतिविधिहरू आयोजना गरिने जनाइएको छ।
पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना गरिएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि गर्नुका साथै इतिहास प्रतिको सम्मान र भविष्य प्रतिको जिम्मेवारीको सन्देश दिने अपेक्षा गरिएको छ।

एकता परेडको स्वयंसेवक व्यवस्थापनमा जेन जि मुभमेन्ट नेपाल सक्रिय रहनेछ। प्रवक्ता विजय शाहका अनुसार पौष २७ गते नेपालको सबैभन्दा महत्वपूर्ण दिन हो। “हामी विभिन्न दल, समूह वा समुदायका नाममा विभाजित भए पनि आजको आवश्यकता भनेको सबै एक ठाउँमा उभिएर एकताको सन्देश दिनु हो,” उनले बताए।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2451 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
2 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
17 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
17 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
18 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
18 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

2 hours पहिले 46 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

17 hours पहिले 72 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

17 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya