Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

काठमाडौँ,झापा र चितवनमा नेत्रहीन युवा संघको नेतृत्व अभियान: नीति निर्माणको निर्णायक तहमा अपाङ्गता भएका युवालाई पुर्‍याउने लक्ष्य

अनिश चौधरी
रिपोर्टर: अनिश चौधरी
फाल्गुन ६, २०८२
181 views पटक
1 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 1
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 1
काठमाडौँ,झापा र चितवनमा नेत्रहीन युवा संघको नेतृत्व अभियान: नीति निर्माणको निर्णायक तहमा अपाङ्गता भएका युवालाई पुर्‍याउने लक्ष्य
1 मिनेट पढ्ने
अपडेट: फाल्गुन ६, २०८२
Advertisement

काठमाडौँ, फागुन ६ गते । नेत्रहीन युवा संघ नेपालका देशभर रहेका १० वटा शाखाहरूमध्ये ‘फन्डेड फर यूथ लिडरसिप’ परियोजनाका लागि छनोट भएका तीन जिल्लामा नेतृत्व विकास कार्यक्रमले तीव्रता पाएको छ। काठमाडौँ, झापा र चितवन शाखालाई लक्षित गरी सञ्चालित यस विशेष परियोजना अन्तर्गत अहिले काठमाडौँमा तीन दिने प्रशिक्षण सुरु भएको छ।

​नेत्रहीन युवा संघ नेपाल, उपत्यका शाखाको आयोजनामा सुरु भएको यस कार्यक्रमले अपाङ्गता भएका युवाहरूलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहमा पुर्‍याउँदै आफ्ना हक र अधिकारका लागि आफैँ आवाज उठाउन सक्षम बनाउने दीर्घकालीन लक्ष्य राखेको छ। यस प्रशिक्षणमा विभिन्न प्रकृतिका अपाङ्गता भएका १९ जना युवाहरूको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूमध्ये १० जना दृष्टिसम्बन्धी, ४ जना शारीरिक र ५ जना स्वर तथा बोलाइ सम्बन्धी अपाङ्गता भएका युवाहरू रहेका छन्।

​कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेत्रहीन युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष सुनील मानसिंहले आफूहरू वर्गीय अपाङ्गताको प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै सहभागीहरूलाई आफ्नो अवस्था र हक अधिकार प्राप्तिका लागि गर्नुपर्ने पहलहरूबारे प्रष्ट पारे। उनले अपाङ्गता भएका व्यक्तिहरू केवल सामाजिक सेवाका पात्र मात्र नभई अब आफ्नो अधिकारका लागि निर्णायक नेतृत्वकर्ता बन्नुपर्नेमा जोड दिए।

​यस परियोजना अन्तर्गत चितवन शाखामा कार्यक्रम सम्पन्न भई युवाहरूले समुदायमा काम सुरु गरिसकेका छन्। झापामा यो प्रक्रिया अगाडि बढिरहँदा काठमाडौँमा पनि प्रशिक्षण सुरु भएको हो। तालिम सकिएपछि सहभागीहरूले एउटा ठोस कार्ययोजना बनाउनेछन् र सोही आधारमा आगामी ९ देखि १० महिनासम्म आआफ्नो क्षेत्रमा अधिकार प्राप्तिको नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्। आयोजकले सहभागीहरूमा देखिएको अहिलेको जोस र उत्साहलाई कार्यक्षेत्रमा पनि निरन्तरता दिने अपेक्षा राखेको छ।

​अपाङ्गता भएका युवाहरूलाई आफ्नो हक र अधिकारका लागि नेतृत्व लिन सक्षम बनाई उनीहरूलाई स्थानीय तथा राष्ट्रिय तहका योजना तर्जुमा प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउनु नै यस ‘फन्डेड फर यूथ लिडरसिप’ परियोजनाको मुख्य उद्देश्य रहेको आयोजक संस्थाका निर्देशक निर श्रेष्ठले बताए।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अनिश चौधरी

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
14 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
14 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
15 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
15 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

14 hours पहिले 67 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

14 hours पहिले 35 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

15 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya