Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

काठमाडौँ महानगरपालिकालाई अपाङ्गतामैत्री बनाउने कार्यमा क्रियाशील छौँ: विभागीय प्रमुख समिक्षा निरौला

अनिश चौधरी
रिपोर्टर: अनिश चौधरी
फाल्गुन ९, २०८२
110 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
काठमाडौँ महानगरपालिकालाई अपाङ्गतामैत्री बनाउने कार्यमा क्रियाशील छौँ: विभागीय प्रमुख समिक्षा निरौला
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन ९, २०८२
Advertisement

काठमाडौँ, फागुन ९ गते । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागकी प्रमुख समिक्षा निरौलाले महानगरका प्रशासनिक सेवा, सञ्चार प्रणाली र भौतिक संरचनाहरूलाई पूर्ण रूपमा समावेशी र अपाङ्गतामैत्री बनाउन महानगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छिन्। नेत्रहीन युवा संघ नेपाल उपत्यका शाखाले काठमाडौँमा आयोजना गरेको नेतृत्व विकास कार्यक्रममा बोल्दै उनले महानगरको बजेट र स्रोतलाई अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणमा खर्च गर्ने प्रतिबद्धता जनाएकी छिन्।

​कार्यक्रममा सहभागी बहिरा अपाङ्गता भएका व्यक्तिहरूले अस्पताल, अदालत र आपतकालीन अवस्थामा दोभासे नपाउँदा सञ्चारमा ठूलो अवरोध भोग्नुपरेको सवाल उठाएकामा त्यसलाई सम्बोधन गर्दै उनले आवश्यक परेका बखत तुरुन्तै उपलब्ध हुने गरी बोलाउनासाथ पाइने दोभासे सेवाको कार्यविधि तयार पारेर महानगरले बजेटको व्यवस्था गर्ने वाचा गरेकी छिन्। त्यसैगरी, दृष्टिविहीन सहभागीहरूले सडकका अवरोध र परीक्षाका समयमा लेखन सहयोगी पाउन हुने झन्झटका विषयमा ध्यानाकर्षण गराएपछि उनले फुटपाथका अवरोध हटाई सडकलाई सेतो छडीमैत्री बनाउन र जेब्रा क्रसिङमा ध्वनि संकेत राख्न पूर्वाधार विभागसँग समन्वय भइरहेको बताउँदै लेखन सहयोगीको प्रमाणीकरण र व्यवस्थापनका लागि संस्थाहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएकी छिन्।

​सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएको रोजगारीको साझा समस्या र तालिम लिएर पनि बेरोजगार बस्नुपरेको गम्भीर गुनासोका सन्दर्भमा उनले अबका सीपमूलक कार्यक्रमहरूलाई केवल कोठाको तालिममा मात्र सीमित नराखी कार्यस्थलमै दिइने तालिमसँग जोडेर सिधै रोजगारी दिलाउने गरी कार्ययोजना बनाइएको प्रष्ट पारेकी छिन्। महानगरको आगामी बजेटमा आफ्ना वास्तविक आवश्यकताहरू समावेश गराउन वैशाख मसान्तभित्रै टोल र वडा स्तरबाट योजना छनोट गरी जेठ १० गतेभित्र प्रस्ताव पेश गर्न सहभागीहरूलाई आग्रह गर्दै उनले साना तर प्रभावकारी सुधारका माध्यमबाट काठमाडौँलाई सबैका लागि पहुँचयुक्त सहर बनाउन कार्यक्रममा उठेका सुझावहरूलाई नीतिगत तहमा समेट्ने वाचासमेत गरेकी छिन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अनिश चौधरी

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
14 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
14 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
15 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
15 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

14 hours पहिले 67 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

14 hours पहिले 35 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

15 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya