Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

निर्वाचनका बेला सामाजिक सञ्जाल दुरुपयोग नगर्न पत्रकारलाई प्रेस काउन्सिल नेपालको अपिल

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन १२, २०८२
80 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
निर्वाचनका बेला सामाजिक सञ्जाल दुरुपयोग नगर्न पत्रकारलाई प्रेस काउन्सिल नेपालको अपिल
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन १२, २०८२
Advertisement

काठमाडौँ, फागुन १२ गते । प्रेस काउन्सिल नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पत्रकार तथा सञ्चारकर्मीलाई पेशागत मर्यादामा रही कर्तव्य पालन गर्न आग्रह गरेको छ। काउन्सिलले कतिपय पत्रकार तथा सञ्चारकर्मीले सामाजिक सञ्जालमार्फत कुनै दल विशेष वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्ने, मत दिन आह्वान गर्ने तथा विपक्षमा नकारात्मक टिप्पणी र दुष्प्रचार गर्ने सामग्री निरन्तर प्रसारण गरेको पाइएको जनाएको छ।

२०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा देखिएको यस्ता गतिविधिप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको हो। पत्रकार आचारसंहिता २०७३ को दफा १४ अनुसार पत्रकार तथा सञ्चार माध्यमले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको प्रकृति अध्ययन र अनुगमन गर्न सकिने व्यवस्था छ। सोही आधारमा काउन्सिलले आचारसंहिताको विशेष अनुगमन गर्दै पत्रकारले प्रयोग गर्ने सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गरिरहेको जनाएको छ।

अनुगमनका क्रममा पत्रकार आचारसंहिता २०७३ को दफा ४(३), ४(६) तथा निर्वाचन आचारसंहिता २०८२ को दफा २५(१) (ख), (च) र (ठ) उल्लङ्घन हुने गरी कुनै दल विशेष वा उम्मेदवारको एकपक्षीय प्रचारप्रसार, मत दिन आह्वान गर्ने पोस्ट सेयर, अपिल, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग र मेन्सनमार्फत सन्देश प्रवाह गर्ने प्रवृत्ति बढ्दै गएको काउन्सिलको निष्कर्ष छ।

यस्ता गतिविधिमा संलग्न केही पत्रकार तथा सञ्चारकर्मीविरुद्ध निर्वाचन आयोगमा समेत उजुरी परेका र त्यहाँबाट अनुगमन तथा कारबाहीका लागि काउन्सिललाई पत्राचार भइसकेको जनाइएको छ। आचारसंहिता प्रतिकूल देखिएका पत्रकार तथा सञ्चारकर्मीलाई काउन्सिलले नोटिसमार्फत सचेत गराइसकेको पनि उल्लेख गरिएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न आम सञ्चार माध्यम र पत्रकारले तटस्थ भूमिका निर्वाह गर्नु सबैको जिम्मेवारी भएको काउन्सिलले स्पष्ट पारेको छ। निर्वाचनजस्तो संवेदनशील समयमा कुनै दल वा उम्मेदवारको पक्षमा मत माग्ने अपिल गर्ने, द्वेषपूर्ण अभिव्यक्ति, मिथ्या सूचना तथा भ्रामक टिप्पणीलाई स्थान दिने, सामाजिक सञ्जालमा सेयर वा स्पोन्सर्ड सामग्रीमार्फत प्रचार गर्ने कार्यले पत्रकारिता क्षेत्रको विश्वसनीयतामा गम्भीर असर पर्ने काउन्सिलको ठहर छ।

यसैबीच, प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत तथा सहप्रवक्ता सूचना अधिकारी रामशरण बोहराले पत्रकार, सञ्चारकर्मी तथा सम्बद्ध सबै पक्षलाई पेशागत मर्यादा, जिम्मेवारी र उत्तरदायित्वको पूर्ण ख्याल गर्न पुनः अपिल गरेका छन्।

प्रेस काउन्सिल नेपालले निकालेको विज्ञप्ति यस्तो छ हेर्नुहोस्। 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
14 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
14 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
15 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
15 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

14 hours पहिले 67 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

14 hours पहिले 35 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

15 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya