Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेपाल आँखा अस्पालले आफ्नो सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनायो

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २५, २०७९
49 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेपाल आँखा अस्पालले आफ्नो सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनायो
1 मिनेट पढ्ने
अपडेट: चैत्र २५, २०७९
Advertisement

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे नेपाल आँखा अस्पालले आफ्नो सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाएको छ । अस्पतालले प्रविधिमैत्री भौतिक संरचनाका साथै दक्ष जनशक्तिको थप व्यवस्थापन गरी सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाइएको हो । सेवा विस्तार गर्दै आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा स्थानीयस्तरमै पुर्‍याउने योजनका साथ आवश्यक कार्ययोजना बनाइएको अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नेपाल आँखा अस्पताल स्थापनाको स्वर्णमहोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपाल आँखा अस्पताल हिजो, आज र भोलि’ विषयक अन्तरक्रियामा उहाँले अस्पतालको सेवा दुर्गम जिल्लासम्म पुर्‍याउन जरुरी रहेको बताउँदै सबै जिल्लामा कम्तीमा पनि मोतिबिन्दुको शल्यक्रिया गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो ।“स्तरीय ल्याबसहित आँखा उपचारमा विशिष्टिकृत सेवा दिइरहेको हाम्रो सेवालाई देशैभरी पुर्‍याउन नसके पनि जनघनत्व बढी भएका जिल्लामा सेवा विस्तार गर्न अनिवार्य भइसकेको छ”, डा पोखरेलले भन्नुभयो, “सेवालाई ग्रामीण भेगसम्म विस्तार गरेर बालबालिकामा हुने आँखासम्बन्धी जन्मजात रोगको समयमा नै पहिचान गरेर निदान गर्नसके भावि सन्ततिलाई लाभ पुग्छ ।”

देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँग सहकार्य गरी काम गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा अस्पतालका मेडिकल अधिकृत डा कमलबहादुर खड्काले अस्पताले पूर्वाधार, उपकरणयुक्त सेवा स्तरीकरणमा ध्यान दिएको बताउँदै व्यवस्थापकीय पक्षमा सुधार गरी सेवालाई छिटो र छरितो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।अस्पतालका रिफ्याक्टिभ सर्जरी डा किशोर प्रधानले गुणस्तरीय दृष्टि आमनागरिकको अधिकार भएकाले हरेक छ महिनामा दृष्टि परीक्षण गरी आँखाको हेरचाहमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । उहाँले रिफ्याक्टिभ सेवाबारे नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा व्यवस्थापन दमनबहादुर घलेले सानो संस्थादेखि उच्च सरकारी निकायमा व्यवस्थापकीय पक्ष महत्वपूर्ण रहेकाले व्यवस्थापकीय नेतृत्व व्यावसायिक भएमा मात्रै संस्थागत सुधार गरी प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले अस्पतालले भौतिक संरचनाका साथै दक्ष चिकित्सक र अत्यावश्यक उपकरणयुक्त सेवा दिइरहेको उल्लेख गर्नुभयो । विसं २०३० चैत २६ मा स्थापना भएको नेपाल आँखा अस्पतालले आइतबार स्थापनाको स्वर्णमहोत्सव मनाउँदैछ । अस्पतालले हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ भने एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

हाल १४ नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतिबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारलगायत सेवा उपलब्ध छन् । हाल अस्पतालबाट दैनिक सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीका लागि निःशुल्क आँखा परीक्षणका साथै चस्मा वितरण गर्दै आएको जनाएको छ । अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम दिँदै आएको सचिव गजुरेलले बताउनुभयो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
11 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
11 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
11 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
1 day पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

11 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

11 hours पहिले 40 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

11 hours पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya