Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

काठमाण्डौ महानगरपालिकाले चैतसम्म ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
बैशाख १६, २०८०
49 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
काठमाण्डौ महानगरपालिकाले चैतसम्म ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल
1 मिनेट पढ्ने
अपडेट: बैशाख १६, २०८०
Advertisement

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ । याे रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गएकाे आवको चैतसम्ममा पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार रुपैयाँ असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएकाे आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको त्यही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजार रुपैयाँले बढी हो । कामपाले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । गएकाे आवमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजार रुपैयाँको लक्ष्य लिएको थियो । चालू आवका लागि अहिलेसम्मको अवधिमा कामपाले सबैभन्दा बढी सम्पत्ति करबाट ७९ करोड ४३ लाख ६४ हजार रुपैयाँ प्राप्त गरेको छ ।

विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेको भए पनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपा राजस्व विभागको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । विगएकाेका वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने प्रमुख काफ्लेको भनाइ छ ।

यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ । कामपाले गएकाे फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरिसकेको छ ।

निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घर खाली गराएकोबारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2451 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1089 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 895 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
3 hours पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
18 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
18 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
19 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
19 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

3 hours पहिले 47 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

18 hours पहिले 73 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

18 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya