Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश र राजपुरालाई

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ ६, २०८०
71 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश र राजपुरालाई
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ ६, २०८०
Advertisement

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार राजधानीमा आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् ।

‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डमा पूरा गरे ।

थापाथलीबाट सुरु भएको यो दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै थापाथलीमै आएर पूरा भएको थियो ।

प्रतियोगितामा आर्मीकै राजन रोकाय १ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भए । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।

पुरुषतर्फ आर्मीका खड्काबहादुर खड्काले १ घन्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेर चौथो र गजेन्द्र राईले १ घन्टा १० मिनेट ५२ सेकेन्डमा पूरा गरेर पाँचौ भए । गत वर्ष यो उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका थिए ।

महिलातर्फकी विजेता राजपुराले गत वर्ष पनि यो उपाधि जितेकी थिइन् । उनले १ घन्टा १९ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन्, गत वर्ष भने उनले १ घन्टा १९ मिनेट ६ सेकेन्डमा पूरा गरेकी थिइन् ।

पुलिसकै राममाया बुढाले १ घन्टा २३ मिनेट ०७ सेकेन्डमा पूरा गर्दै दोस्रो, एपीएफकी पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३१ सेकेन्डमा पूरा गरेर तेस्रो, पूर्णराज्य लक्ष्मी न्यौपानेले १ घन्टा २६ मिनेट २३ सेकेन्डमा पूरा गरेर चौथो र गीता बिकले १ घन्टा २९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर पाँचौ भए ।

हाफ म्याराथनमा पुरुष र महिला दुवैका विजेताले जनही १ लाख पुरस्कार पाए । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाएका छन् ।

ह्विलचेयर दौडमा खत्रीलाई उपाधि

कान्तिपुर हाफ म्याराथन अन्तर्गतले ह्विलचेयर दौडको उपाधि रमेश खत्रीले जिते । ३ किलोमिटर दुरी उनले ७ मिनेट २६.७४ सेकेन्डमा पार गरे । थापाथलीबाट सुरु भएको ह्विलचेयर दौड माइतीघर मण्डला फन्को लगाएर पुनः थापाथली आएर टुंगिएको थियो । त्यस्तै दान थिङले ७ मिनेट ३५ सेकेन्डमा पूरा गरेर दोस्रो, रामकाजी मिजारले ८ मिनेट ५२.८४ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।

महिलातर्फ ऐश्वर्या कुमालले १० मिनेट ९.७८ सेकेन्डमा दौड पूरा गरेर उपाधि जितिन् । पूर्वविजेता यामकुमारी झाँक्रीमगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो भए । यामकुमारीले १० मिनेट ५१.०७ सेकेन्ड र पेमाले ११ मिनेट २५.१० सेकेन्डमा दौड पूरा गरे ।

ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

कर्पोरट रनमा विकेश र सुनितालाई उपाधि

कान्तिपुर हाफ म्याराथन अन्तर्गत नै भएको ५ किलोमिटरको कर्पोरेट रनमा पुरुषतर्फ विकेश घिमिरे र महिलातर्फ सुनिता महर्जन विजयी भए । विकेशले १४ मिनेट ३६.३ सेकेन्डमा दौड पूरा गरे भने सुनिताले २३ मिनेट २३.९० सेकेन्डमा पूरा गरिन् ।

पुरुषतर्फ १४ मिनेट ४६.७ सेकेन्डमा दौड पूरा गरेर विकास पोखरेल दोस्रो र १५ मिनेट ००.६ सेकेन्डमा पूरा गरेर अनिश लामा तेस्रो भए ।

महिलातर्फ विनिता महर्जनले २३ मिनेट ३०.२९ सेकेन्डमा पूरा गरेर दोस्रो र एलिना श्रेष्ठले २६ मिनेट ०७.४९ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।

कलेज रनमा पुकार र सुशन विजयी

कान्तिपुर हाफ म्याराथन अन्तर्गत नै ७ किलोमिटरको कलेज रनको उपाधि पुरुषतर्फ पुकारजंग बस्नेत र महिलातर्फ सुशन कार्कीले जिते ।

पुकारले २४ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरे भने सुशनले २७ मिनेट २९.५६ सेकेन्डमा पूरा गरिन् । पुरुषतर्फ २४ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेर रिम बुढामगर दोस्रो र २५ मिनेट ३० सेकेन्डमा दौड पूरा गरेर समिप थुलुङ राई तेस्रो भए ।

महिलातर्फ निशम हाङ सुब्बाले ३१ मिनेट ०७.५० सेकेन्डमा दौड पूरा गरेर दोस्रो र मिनिशा पन्तले ३२ मिनेट १८.४२ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।

सिटी म्याराथनको अवधारणामा भइरहेको कान्तिपुर हाफ म्याराथनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । उनले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै कर्पोरेट क्षेत्रबाट विभिन्न उद्देश्यमा जनचेतना जगाउँदै खेलकुद प्रतियोगिता हुनु सकारात्मक रहेको बताए ।

यसपालि कान्तिपुर हाफ म्याराथनमा ४ हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
9 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
9 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
9 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
10 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
10 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

9 hours पहिले 61 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

9 hours पहिले 35 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

9 hours पहिले 45 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya