Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने

Radio Bharosa
रिपोर्टर: Radio Bharosa
भदौ २३, २०८०
69 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने
0 मिनेट पढ्ने
अपडेट: भदौ २३, २०८०
Advertisement

गोरखा:  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन्।

वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा वाइसीएलको दोस्रो पालिकास्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रले सुरु गरेको तीन महिने रूपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताएका हुन्।

“माओवादी केन्द्रलाई फेरि जनताको बीचमा स्थापित गर्ने र राष्ट्रको जिम्मा लिने एक मात्र पार्टीको रूपमा स्थापित गर्छौँ, हामीले विचार पनि संश्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देश्य लिएका छौँ”, प्रधानमन्त्री दाहालले भने, “गोरखाका नेता, कार्यकर्ता र जनसङ्गठनले पनि यसलाई राम्रोसँग बुझ्नुभएको छ।”

गोरखाबाट निर्वाचन जितेर गएपछि धेरै उतार चढावबिच देशको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै उनले अहिले जनतालाई प्रत्यक्ष राहत दिएर सरकारले सुशासनको थालनी गरेको उल्लेख गरे। सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू भने अत्तालिएको बताए।

सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको उल्लेख गर्दै उनले सरकारको यो अभियान नरोकिने उल्लेख गरे। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना तथा कर्णाली चिसापानी जस्तो ‘गेमचेन्जर’ आयोजना सुरुआत गरिएको उनले सुनाए। प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणका क्रममा नेपालको विकास तथा उत्तरी क्षेत्रका नाका खोल्नेलगायत विषयमा छलफल हुने जानकारी दिए।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

RA

Radio Bharosa

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6121 लेख
व्यू
आजको मिति
06
May 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2460 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 904 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 848 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 770 views

नयाँ समाचार

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत…
30 minutes पहिले
शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको…
55 minutes पहिले
कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र…
15 hours पहिले
निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति,…
15 hours पहिले
चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति, स्रोत परिचालन र अनुगमनमा विशेष निर्देशन

15 hours पहिले 42 views

चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर चलाउनु राज्य आतंक”

16 hours पहिले 50 views

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा

1 day पहिले 50 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya