Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

क्रिकेट:डेब्यु टोलीमाथि कीर्तिमानको वर्षा

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज ११, २०८०
47 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
क्रिकेट:डेब्यु टोलीमाथि कीर्तिमानको वर्षा
0 मिनेट पढ्ने
अपडेट: अशोज ११, २०८०
Advertisement

काठमाडौं । युवा ब्याटर कुशल मल्लले ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक पूरा गर्दै भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरसहित तीन क्रिकेटरको कीर्तिमान भंग गरेको दिन बुधबार नेपालले एसियाली खेलकुदमा मंगोलियामाथि कीर्तिमानी जित निकालेको छ।

हानझाउस्थित झेजियाङ युनिभर्सिटी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाविरुद्ध नेपालले विश्व कीर्तिमानको वर्षा गरेको हो। कुशलले ३४ बलमा नै शतक पूरा गर्दै रोहित, मिलर र चेक रिपब्लिकका सुदेश विक्रमासेकराको नाममा रहेको ३५ बलमा शतकको कीर्तिमानलाई पछि परेका हुन्। यस क्रममा नेपालले निर्धारित २० ओभर खेल्दै तीन विकेटको क्षतिमा मंगोलियाविरुद्ध ३१४ रनको विश्व कीर्तिमानी योगफल पनिखडा गर्‍यो।

यो योगफल ट्वान्टी–२० क्रिकेटमा ३६ रन बढीले सबैभन्दा विशाल पनि हो। यसअघि सन् २०१९ मा अफगानिस्तानले (आयरल्यान्डविरुद्ध २७८/३) र चेक रिपब्लिकले (टर्कीविरुद्ध २७८/४) संयुक्त रूपमा ट्वान्टी–२० विशाल योगफलको कीर्तिमान बनाएका थिए। नेपालले आफ्नो इनिङमा २६ छक्का र १२ चौका प्रहार गर्‍यो। यो कुनै पनि टोलीले ट्वान्टी–२० क्रिकेटमा बनाएको सर्वाधिक छक्काको कीर्तिमान हो। नेपालका कुशल मल्लले १२ छक्का र दीपेन्द्रसिंह ऐरीले आठ छक्का हिर्काए।

पाँचौं ओभरमा नेपाल ४२/१ को अवस्थामा हुँदा कुशल ब्याटिङ गर्न आएका थिए। नेपालले ६६ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए। तर, पनि कुशलले आक्रामक ब्याटिङ रोकेनन्। रोहितले २७ बलमा ६१ रन बनाए। कुशल मल्लले तेस्रो विकेटका लागि रोहितसँग १०.५ ओभरमा १९३ रनको साझेदारी गरे। रोहित आउट भएपछि खेल झन् रोमाञ्चक बन्यो। नेपालका दीपेन्द्रसिंह ऐरीले भारतीय पूर्वब्याट्सम्यान युवराज सिंहको नाममा रहेको कीर्तिमान पनि पछि परे।

दीपेन्द्रले ९ बलमा नै अर्धशतक पूरा गर्दै ट्वान्टी–२० मा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाए। युवराज सिंहको नाममा १२ बलमा अर्धशतकको कीर्तिमान थियो। दीपेन्द्र १० बलमा ५२ रनमा नटआउट रहे। यस क्रममा दीपेन्द्रले पहिलो ९ बलमा नै आठ छक्का प्रहार गरे। कुशल मल्ल १३७ रनमा नटआउट रहे। जबाफी ब्याटिङ गरेको मंगोलिया १३.४ ओभरमा ४१ रनमै अलआउट हुँदा नेपालले २७३ रनको फराकिलो जित दर्ता गर्‍यो। यो नतिजा पनि ट्वान्टी–२० क्रिकेटमा अहिलेसम्मकै फराकिलो जित हो। नेपालले चेक रिपब्लिकले टर्कीमाथि निकालेको २५७ रनको विश्व कीर्तिमानलाई पछि पारेको हो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
13 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
13 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
13 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
14 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
14 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

13 hours पहिले 65 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

13 hours पहिले 35 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

13 hours पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya