Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

छोटो समयको तयारी चुनौतीपूर्ण भए:-गाेलकीपर किरण चेम्जोङ

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ७, २०७९
84 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
छोटो समयको तयारी चुनौतीपूर्ण भए:-गाेलकीपर किरण चेम्जोङ
1 मिनेट पढ्ने
अपडेट: चैत्र ७, २०७९
Advertisement

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् गाेलकीपर किरण चेम्जोङले छोटो समयको तयारी चुनौतीपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता खेल्ने बताएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लेङ्मंगलवार आयोजना गरेको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान चेम्जाेङले तयारीका लागि छोटो समय भएको र चुनौतीपूर्ण रहेको बताएका हुन् । उनले भर्खरै घोषणा भएको टोलीमा खेलाडी सबै फिट रहेका र बुधवार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिए । कप्तान चेम्जाेङले प्रशिक्षक र टिम नयाँ भएको भए पनि एकअर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताए ।

यस्तै यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफूले राम्रो टोली बनाएकाे बताए । तीन दिनको तयारी गर्दा टोलीमा धेरैजसाे युवा खेलाडी समेटिएको उनकाे भनाइ छ । लिगको क्रममा खेलाडीको प्रदर्शनलाई हेर्दै टोली बनाएकाे र यो टोलीले राम्रो नतिजा दिने उनकाे विश्वास छ । मुख्य प्रशिक्षक एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुणसमेत जानकारी भएको बताउँदै सुखद नतिजाका लागि खेल्ने बताए । यस्तै लाओसका प्रशिक्षक माइकल वेसले लिग चलिरहेको क्रममा टिम बनाएर प्रतियोगिताका लागि आएको भन्दै घरेली टोलीसँग राम्रो खेल्ने बताए । उनले भविष्यका लागि टिम बनाइरहेको भन्दै अहिलेलाई लिगले गर्दा तयारी अपेक्षाअनुसारको गर्न नसकेको बताए ।

तर नेपालसँगकाे खेलमा प्रतिस्पर्धात्मक खेल्ने उनकाे भनाइ छ । लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुसी लागेको भन्दै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए ।यस्तै पछिल्लो संस्करणको एसियाली खेलकुदपछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरेको भुटानका प्रशिक्षक पेमाले टोलीले प्रतियोगिताको तयारी राम्रो गरेको बताए । दुई महिनादेखि युवा खेलाडीलाई समेट्दै उपाधि उचाल्ने रणनीतिका साथ तयारी गरेको उनकाे भनाइ छ ।

युवा खेलाडी समेटिएको भन्दै टोली सबै हिसाबले सक्षम भएको र शतप्रतिशत दिएर खेल्ने उनले बताए । भुटानका कप्तान चेन्चो ग्याल्सेनले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू उत्साहित रहेको प्रतिक्रिया दिए । पछिल्लो पटक दक्षिण एसियाली खेलकुदमा नेपाली दर्शकले दिएको साथमा आफू खुसी भएको र यहाँ हुन लागेको प्रतियोगिताका लागि उत्साहित रहेको उनले बताए । नेपालले बुधवार लाओससँग खेल्दै प्रतियाेगिता सुरु हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस खेल्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ । लिगका खेल बेलुकी ६ बजे सुरु हुनेछ । फाइनल खेल चैत १७ गते बेलुकी साढे ५ बजे सुरु हुनेछ ।

फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिङ्गल राउन्ड रोबिनको आधारमा हुनेछ । जसअन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ५ हजार डलर पुरस्कार पाउनेछ । प्रतियोगितामा एन्फाले साधारण र भीआईपी प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ पाँच सय र भीभीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर राखिएको एन्फाले जनाएको छ । यसअघि नेपालले २०७७ सालमा बङ्गलादेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बङ्गलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
5 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
5 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
5 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
19 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

5 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

5 hours पहिले 39 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

5 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya