Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

एसियाडमा लगातार दोस्रो पटक नेपालले जित्यो रजत पदक

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
अशोज २०, २०८०
60 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
एसियाडमा लगातार दोस्रो पटक नेपालले जित्यो रजत पदक
1 मिनेट पढ्ने
अपडेट: अशोज २०, २०८०
Advertisement

हान्झाउ । एसियाली खेलकुद (एसियाड) मा नेपालले लगातार दुई संस्करणमा रजत पदक जितेको छ । एसियाडको ७२ वर्षे इतिहासमा नेपालले लगातार दुई संस्करणमा रजत पदक जितेको यो पहिलो पटक हो ।

चीनको हान्झाउमा जारी १९औं एसियाडमा नेपालकी कराते खेलाडी एरिका गुरुङले शनिबार महिला ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत जितिन् ।

यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्मसा नेपालको प्यारग्लाइडिङ टिमले टिम इभेन्टमा रजत जितेको थियो ।

समग्रमा भने नेपालले एसियाडमा तेस्रो पटक रजत पदक जितेको हो । सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औं एसियाडमा तेक्वान्दोकी सविताराज भण्डारीले पहिलो पटक नेपाललाई रजत दिलाएकी थिइन् ।

नेपालले पछिल्लो तीन संस्करणको एसियाडमा एक एक कास्य पदक जित्दै आएकोमा यस पटक दुई पदक जितेको छ । यसअघि महिला कबड्डी टिमले नेपालका लागि पहिलो पदक ९कास्य० दिलाएका थिए ।

क्गशगपष् म्बकजबष्ल इााभच
नेपालले एसियाडमा करातेबाट जितेको यो चौथो पदक हो । यसअघि सन् १९९४ मा सीता राई, १९९८ मा समरबहादुर गोले र २०१४ मा विमला तामाङले कास्य पदक जितेकी थिइन् ।

सात दशक लामो एसियाडमा नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणको एसियाड देखि नै सहभागिता जनाउँदै आएको छ । नेपालले १९५४ को दोस्रो र १९६२ को चौथो संस्करणमा मात्र भाग लिएको थिएन ।

एसियाडमा सन् १९८६ देखि नेपालले पदक जित्न थालेकोमा अहिलेसम्म हरेक संस्करणमा पदक जित्दै आएको छ । तर अहिलेसम्म स्वर्ण भने जित्न सकेको छैन ।

नेपालले एसियाडमा तेक्वान्दोबाट सबैभन्दा धेरै १४ पदक जितेको छ ।

सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औं एसियन गेम्समा नेपालले एकैपटक ८ कास्य जितेको थियो । त्यसमा तेक्वान्दो र बक्सिङले ४-४ पदक जितेका थियो ।

यस्तै तेक्वान्दोकै दीपक विष्टले २ पदक जितेका छन् । उनी लगातार दुई संस्करणमा पदक जित्ने एक्लो नेपाली खेलाडी हुन् । तेक्वान्दोका दिपक विष्टले सन् २००२ / २००६ मा लगातार कास्य पदक जितेका थिए ।

नेपालको लागि एसियन गेम्समा पदक जित्ने खेलाडीहरुस्

१०औं एसियन गेम्स (सोल, दक्षिण कोरिया) – १९८६
स्व। दलबहादुर रानामगर (बक्सिङ) कास्य
तुलबहादुर थापा (बक्सिङ) कास्य
सुशील पोखरेल (बक्सिङ) कास्य
मनोज बहादुर श्रेष्ठ (बक्सिङ) कास्य
राजकुमार राई (तेक्वान्दो) कास्य
विधान लामा (तेक्वान्दो)कास्य
रामबहादुर घर्ती क्षेत्री (तेक्वान्दो) कास्य
राजकुमार बुढाथोकी (तेक्वान्दो) कास्य

११औं एसियन गेम्स (बेइजिङ, चीन) – १९९०
चित्रबहादुर गुरुङ (बक्सिङ)कास्य

१२औं एसियन गेम्स (हिरोसिमा, जापान) –१९९४
मानबहादुर शाही (तेक्वान्दो) कास्य
सीता राई (कराते)कास्य

१३औं एसियन गेम्स (बैंकक, थाइल्याण्ड)– १९९८
सविता राजभण्डारी (तेक्वान्दो)रजत
किशोर श्रेष्ठ (तेक्वान्दो) कास्य
सपना मल्ल (तेक्वान्दो) कास्य
समरर बहादुर गोले (कराते) कास्य

१४औं एसियन गेम्स (बुसान, दक्षिण कोरिया)– २००२
दिपक विष्ट (तेक्वान्दो)कास्य
रेनुका रानामगर (तेक्वान्दो)कास्य
ऋतु जिमी राई (तेक्वान्द)कास्य

१५औं एसियन गेम्स (दोहा, कतार)– २००६
दिपक विष्ट (तेक्वान्दो)कास्य
आयशा शाक्य (तेक्वान्दो) कास्य
मनिता शाही (तेक्वान्दो)कास्य

१६औं एसियन गेम्स (ग्वाङ्झाउ, चीन)– २०१०
दिपक महर्जन (बक्सिङ)कास्य

१७औं एसियन गेम्स (इन्चोन, दक्षिण कोरिया)– २०१४
विमला तामाङ (कराते) कास्य

१८औं एसियन गेम्स (जाकार्तारपालेम्बुङ, इन्डोनेसिया)– २०१८
प्याराग्लाइडिङ टिम

१९औं एसियन गेम्स (हान्झाउ, चीन) २०२३
महिला कबड्डी टिम
एरिका गुरुङ (कराते)

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 843 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
14 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
15 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
15 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
15 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

14 hours पहिले 67 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

15 hours पहिले 35 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

15 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya