Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

बाराको रामवनमा वन क्षेत्रको जमिन अतिक्रमण व्यापक

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ७, २०७९
56 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
बाराको रामवनमा वन क्षेत्रको जमिन अतिक्रमण व्यापक
1 मिनेट पढ्ने
अपडेट: चैत्र ७, २०७९
Advertisement

बाराको कोल्हबी नगरपालिका-५ रामवनमा वन क्षेत्रको जमिन अतिक्रमण व्यापक छ । डिभिजन वन कार्यालय बाराले ०७७/७८ सालमा ५.३९ हेक्टर क्षेत्रफल जमिनमा अतिक्रमण हटाएर वृक्षारोपण गर्‍यो । आँप, कटहर, टिक, रिठ्ठा र मसला जातका ८ हजार ५ सय ५० वटा विरुवा लगाईयो । विरुवा रोप्न र तारबार लगाउँदा १२ लाख खर्च भयो ।

अतिक्रमण रोक्न रोपिएका विरुवा हुर्कदै पनि थियो । हुर्कँदै गरेका विरुवा केही उछृंखल व्यक्तिले गत चैत २३ गते सखाप पारिदिए । कोल्हबी नगरपालिका बोधवनका कृष्णबहादुर परियार वनको अवस्था निकै खराब भइसकेको बताउँछन् ।‘म ३२ सालमा आउँदा जताततै जंगल नै जंगल थियो, सबैलाई थाहा छ मैले मात्रै जंगल मासिएको छैन भनेर हुन्छ र ?’ उनले भने, ‘घरमा ग्यास छैन, जंगल बचे घाँस काट्न पाइन्थ्यो, दाउरा ल्याएर बाल्न पाइन्थ्यो।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने चर्चा चलेसँगै ३० वर्षदेखि सरकारी जग्गा र वनक्षेत्रमा धेरैको आँखा पुगेको छ । विमानस्थल बनाउने भनेपछि जिल्लाभित्रै र बाहिरका भूमाफिया सक्रिय भएको वन संरक्षणमा लागेकाहरू बताउँछन् । ‘भू-माफिया धेरै सक्रिय छ, ठूला जग्गा दलालहरु बस्छन् । एयरपोर्ट बन्ने भएपछि उनीहरुको सक्रियता झनै बढेको छ’ एक वन अधिकृतले भने । रामवनको घटनाले राष्ट्रिय वनमा भइरहेको अतिक्रमण हटाउँदै वृक्षरोपण गर्ने योजनामा आघात पुगेको वनका अधिकारीहरु बताउँछन् ।

वडा अध्यक्षले नेतृत्व गरेको वनको दाबी

कोल्हबी-५ का वडा अध्यक्षनन्द किशोर चौधरीकै नेतृत्वमा विरुवा मास्ने काम भएको दाबी डिभिजन वन कार्यालय बाराको छ । वनले वडा अध्यक्ष चौधरीलाई पक्राउ गरी वन ऐन अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ । २७ फागुनमा प्रमुख जिल्ला अधिकारी, मधेश प्रदेश वन निर्देशनालयका निर्देशक, सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीकै सामुन्ने डिभिजनल वन अधिकृत विनोद कुमार सिंहलाई अभद्र व्यवहार गरेपछि उनी पक्राउ परेका थिए । उनी विरुद्ध वन मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ३ दिन र दोस्रो पटक ५ दिनको म्याद अनुमति लिएर वनले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतले वडा अध्यक्ष चौधरीसँग बयान लिने, शंकास्पद मानिसहरुको खोजी गर्ने लगायतका अनुसन्धान प्रक्रिया अघि बढाएको छ । वन कार्यालयका अनुसार पोलको हानी नोक्सानीको मूल्यांकन गर्न बाँकी छ । नोक्सानी भएको प्रति विरुवा ५ सय रुपैयाँका दरले विगो दाबी गर्न सकिने व्यवस्था वन ऐनमा छ । घटनाको नेतृत्व वडा अध्यक्ष सहित ६/७ जनाले गरेको वनका अधिकारीले बताएका छन् । वडा अध्यक्ष चौधरीले वन मास्ने कार्यमा आफ्नो संलग्नता नरहेको दावी गरिरहेका छन् । तर गाउँका मानिस भागेकोले अनुसन्धानमा समस्या भइरहेको वन कार्यालयले जनाएको छ ।

मधुवन तथा कोल्हबी रेञ्ज पोष्टका रेञ्जर अब्दुल करिम मियाँ रामवन क्षेत्रका मानिसहरु गाउँ छोडेर भागेको बताउँछन् । ‘गाउँमा पाका उमेरका महिला मात्रै बसेका छन् । अरु सबै भागेका छन्’, उनले भने ‘थप शंकास्पद मानिस पक्राउ गरेपछि अनुसन्धानमा सहयोग पुग्छ ।’कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरी वन मास्ने कार्यमा संलग्न जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् । ‘वन मास्ने कार्य जनप्रतिनिधि हुन् वा जो कोही छानबिन गरेर कानूनी दायरामा ल्याउनुपर्छ,’ उनले भने।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
5 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
5 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
5 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
19 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

5 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

5 hours पहिले 39 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

5 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya