Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जसपाले उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक बस्दै

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ८, २०७९
55 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जसपाले उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक बस्दै
0 मिनेट पढ्ने
अपडेट: चैत्र ८, २०७९
Advertisement

जनता समाजवादी पार्टी नेपालले बैशाख १० गते हुने उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक बस्ने भएको छ ।
आज दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए । बैठकमा उपचुनाव, सरकारमा मन्त्री पठाउने, विधान अधिवेशन लगायतका विषयमा छलफल हुने उनले बताए । जसपाका प्रवक्ता मनिष सुमनका अनुसार बैशाख १० गते चितवन, तनहुँ र बारा जिल्लाको तीन वटा क्षेत्रमा हुन लागेको उपचुनावमा पार्टीले के गर्ने त्यसको बारेमा पनि छलफल गर्नेछ ।

उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । बारा २ मा हुने उप निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय छ । त्यसको आधिकारिक निर्णय हुन बाँकी छ । क्षेत्र, जिल्ला, प्रदेश हुँदै उम्मेदवारको विषयमा निर्णय भएर आउनुपर्ने हुन्छ । बारा २ बाट पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने लगभग निश्चित छ, तर औपचारिक निर्णय हुन बाँकी छ, जसपा बारा जिल्ला समितिका अध्यक्ष रामबाबु यादवले भने, ‘उपेन्द्र यादवजीको विषयमा हामीले चाँडै निर्णय गर्दैछौं, आज जिल्लामा बैठक बोलाएको छौँ सो बैठकले उम्मेदवारको बारेमा छलफल गर्नेछ ।’

बारा–२ बाट उपेन्द्र यादव चुनाव लड्ने भएपछि पार्टीका अन्य नेताले हालसम्म कुनै दाबी नगरेको उनले बताए । बैठकमा मन्त्रीपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा छलफल हुने बताइएको छ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ, मन्त्रीमा कसलाई पठाउने, कति जना पठाउने लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । पार्टीमा मन्त्रीका आकाङ्क्षी धेरै देखिएका छन् । त्यसलाई कसरी टुगों लगाउने पार्टीमा चुनौती देखिएको छ । मन्त्रालय भागबन्डामा जसपाले दुईटा मन्त्रालय पाउने सम्भावना देखिएको छ । चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय पार्टीले गरिसकेको छ । विधान संशोधनको मस्यौदा पनि तयार भइसकेको छ । त्यसमा सुझाव लिने काम पनि पार्टीमा भइरहेको छ ।

विधान अधिवेशनका लागि मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । हिजो बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन आवास तथा हल व्यवस्थापन (लजिस्टिक) उपसमिति, स्वयंसेवक परिचालन उपसमिति गठन गरेको हो ।

विजय कुमार यादव संयोजक रहेको आर्थिक उपसमितिमा विद्युत् बज्राचार्य सहसंयोजक रहेका छन् । सदस्यहरुमा आङ्डेण्डी शेर्पा, आङकाजी शेर्पा, सरोजकुमार यादव, राजेशमान श्रेष्ठ रहेका छन् । प्रचार प्रसार उपसमितिको संयोजकमा अर्जुन थापा, सह संयोजकमा न्हुच्छेलाल महर्जन रहेका छन् । भोजन, आवास तथा हल व्यवस्थापन उपसमितिको संयोजकमा सुशीला श्रेष्ठ र सहसंयोजक लालबहादर तामाङलाई जिम्मेवारी दिइएको छ ।

स्वयंसेवक परिचालन उपसमितिको संयोजक विद्युत् बज्राचार्य र सहसंयोजक तारा विश्वकर्मा रहेका छन् । युवा, विद्यार्थी, महिला, ट्रेड युनियन लगायतका जनसङ्गठनका अध्यक्षहरू र बागमती प्रदेश समिति र काठमाडौँ जिल्ला समितिका प्रतिनिधिहरू उपसमितिको सदस्य रहने छन् ।
यसको विषयमा आज बस्ने कार्यकारिणी समितिको बैठकमा पनि छलफल हुने बताइएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
5 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
5 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
5 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
19 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

5 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

5 hours पहिले 39 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

5 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya