Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तत्काल अगाडि बढाउन १७ आंगिक क्याम्पसलाई पत्राचार गरे

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ८, २०७९
60 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तत्काल अगाडि बढाउन १७ आंगिक क्याम्पसलाई पत्राचार गरे
0 मिनेट पढ्ने
अपडेट: चैत्र ८, २०७९
Advertisement

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन नसकेका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्रचार गर्दै निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरेका हुन् ।

‘देशभरिका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको हो ? तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ,’ सदस्य सचिव अधिकारीले लेखेको पत्रमा उल्लेख छ ।

निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका सात र उपत्यका बाहिरका १० आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखलाई निर्देशन दिँदै बिबादका कारण खोज्दै सहमति जुटाउन पनि निर्देशन दिएका छन् । उपत्यकाका आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, विश्व भाषा क्याम्पस र आयुर्वेद क्याम्पसमा निर्वाचत हुन सकेको थिएन । उपत्यकाका क्याम्पस मध्ये आर आर क्याम्पसले बिद्यार्थी संगठनलाई वार्ताका लागि बोलाईसकेको छ ।

यसैगरी, उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, पोखरा नर्सिङ क्याम्पस, चितवन इञ्जिनियरिङ क्याम्पस, कृषि क्याम्पस चितवन, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

पृथ्वी नारायण क्याम्पसमा अदालतको आदेशका कारण रोकिएको भए पनि अन्य क्याम्पसमा भने सहमति हुन नसक्दा तालाबन्दीसमेत भएका थिए । सो क्याम्पसको बिबाद हल गरी तत्काल निर्वाचन गराउन बिश्वविद्यालयले निर्देशन दिएको हो । त्रिविका उपत्यकाका २२ मध्ये १५ वटा आंगिक र उपत्यकाबाहिर ४० मध्ये ३० क्याम्पसमा भने गत चैत ५ गते नै निर्वाचन सम्पन्न भई नेतृत्व चयन भईसकेको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
5 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
5 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
5 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
19 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

5 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

5 hours पहिले 39 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

5 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya