Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

खैनी-सुर्तीले दाँतमा हुने अनेकौ संक्रमण गराउने साथै क्यान्सर समेत हुने सम्भावना रहने, हेर्नुस्

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ८, २०७९
84 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
खैनी-सुर्तीले दाँतमा हुने अनेकौ संक्रमण गराउने साथै क्यान्सर समेत हुने सम्भावना रहने, हेर्नुस्
1 मिनेट पढ्ने
अपडेट: चैत्र ८, २०७९
Advertisement

खैनी-सुर्तीको प्याकेटमा चेतावनी दिइएको हुन्छ, ‘यसको सेवनले क्यान्सर हुन सक्छ ।’ तैपनि मान्छेले ओठमा सुर्ती, खैनी च्याप्न छाडेका छैनन् । त्यसैले त बजारमा सुर्तीजन्य पदार्थ छ्यापछ्याप्ती देखिन्छन् । यसमा मधु, पराग, गुड्खासमेत थपिएका छन् । सामान्य हिसाबले बुझ्दा पनि यो स्वास्थ्यमैत्री खानेकुरा होइन । यो लत हो । जब हामी खैनी-सुर्ती च्याप्छौं, त्यसले गिजा, दाँत, ओठ आदिलाई ध्वस्त बनाउँछ । दाँत कालो हुने, गिजा सुन्निने, मुख गन्हाउने, संक्रमण हुने मात्र होइन क्यान्सर नै हुन सक्छ ।

खैनी-सुर्तीले मुखलाई रोगको भण्डार बनाउँछ

तपाईं आफैं सोच्नुहोस् त, मुख समग्र स्वास्थ्यका लागि एउटा प्रवेशद्वार जस्तो हो । त्यही मुखलाई दूषित र फोहोर बनाएपछि के होला ? जब हामी सूर्ती-खैनी खान्छौं मुख दुर्गन्धित हुन्छ । ओठका छाला उप्किन थाल्छन्, जलन हुन्छ, दाँत मक्किन थाल्छ, दाँत भाँच्चिन थाल्छ । गिजा पाक्न थाल्छ । मुखभित्र खटिरा आउँछ । यस्तो मुखमा चपाएर निल्ने खानेकुरा पनि त दूषित नै हुने भयो । मान्छेको नजिक गएर खुलस्त बोल्न पनि सकिंदैन । मान्छेले घिन मान्न थाल्छन् । खुलेर हाँस्दा दाँत र गिजाको हालत सम्झेर आफैंलाई ग्लानि महसुस हुन थाल्छ । खैनी-सुर्तीले वास्तवमा मान्छेको व्यक्तित्वमै आँच पुर्याउँछ ।

खराब केमिकल मुखभित्र

सुर्ती, खैनी खानु भनेको मन्द विष लिनु नै हो । खासमा हाम्रो मुखभित्र खाना पचाउन, मुखलाई स्वस्थ राख्न राम्रो खालको जीवाणु हुन्छ । जब हामी खैनी, सुर्ती खान थाल्छौं त्यसको रसायनले गर्दा ती जीवाणु नष्ट हुन्छ । बजारमा पाइने खैनी, सुर्ती, गुट्खा, पराग जस्ता सुर्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बन मोनोअक्साइड, रेडन, एनिमिया, आर्सनिक आदि जस्ता करिब सात हजार बढी रसायन पाइन्छन् । यी रसायनहरुले ओठ, मुख, दाँतलाई नराम्ररी बिगार्छ ।

मुख सानो हुनेदेखि क्यान्सरसम्म

खैनी, सुर्ती खाएपछि यसको असर त देखिन्छ नै, तर त्यो कति अवधिपछि देखिन्छ भन्ने टुंगो हुन्न । कसैलाई दुई, तीन भित्रमा देखिन्छ भने कसैलाई वर्षौंपछि । कतिलाई चाहिं यी चीज खाएर छाडेको केही वर्षपछि पनि समस्या देखिन सक्छ । खैनी, सुर्तीको कारण मुख वरिपरि खटिरा आउने, जिब्रोको स्वाद कम हुँदै जाने जस्ता सुरुवाती समस्या देखिन्छन् । पछि पछि मुख खोल्न गाह्रो हुने, मुखको आकार सानो हुँदै जाने, चपाउनै कठिन हुने, खाना निल्न नसकिने जस्ता समस्या हुन्छ । यसले ल्याउने अर्को जटिल समस्या भनेको मुखको क्यान्सर हो ।

पाचनमा पनि समस्या

सुर्तीले मुखमा मात्रै नभई पेट र आन्द्रामा पनि उत्तिकै असर पारिरहेको हुन्छ । गुट्खा सेवन गर्ने व्यक्तिमा पाचन प्रणालीमा समस्या देखिन्छ । खानानली, आन्द्रा र पेटमा घाउ, अल्सर र क्यान्सर हुने गर्छ । लामो समयदेखि सुर्तीजन्य पदार्थ सेवन गरिरहेको व्यक्तिमा श्वासप्रश्वासको समस्या हुने भएकाले फोक्सोमा क्यान्सर हुने सम्भावना अत्यधिक रहन्छ । रक्तचाप बढ्ने र मुटुमा अन्य समस्या देखापर्ने गर्छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
6 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
6 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
7 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
21 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

6 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

6 hours पहिले 39 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

7 hours पहिले 42 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya