Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

दुई पटकसम्म भाँचिएर अलपत्र परेको पक्की पुल चार वर्षपछि पुनः निर्माण कार्य सुरु

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ८, २०७९
56 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
दुई पटकसम्म भाँचिएर अलपत्र परेको पक्की पुल चार वर्षपछि पुनः निर्माण कार्य सुरु
1 मिनेट पढ्ने
अपडेट: चैत्र ८, २०७९
Advertisement

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाकाे बढीघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण कार्य चार वर्षपछि पुनः सुरु भएकाे छ । मुसिकोट नगरपालिका ७ देखि मुसिकोट २, ३ र ४ वडालाई जोड्ने पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि काम राेकिएर वर्षाैँसम्म अलपत्र परेको थियो । दुई पटकसम्म भाँचिएको पुल निर्माणका लागि तेस्राे पटकमा डिजाइन परिवर्तन गरी निर्माण गर्न लागिएको हो । पुरानो निर्माण कम्पनीसँग सम्झौता रद्द गरी जलप नेपाल प्रालीले पुल निर्माणको काम सुरु गरेको हो ।

स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको यस पुलको लागत दुई करोड ५० लाख रुपैयाँ रहेको छ । पुल निर्माणका लागि दुवैतिर जगकाे काम पूरा भइससकेको हुँदा अहिले पुल निर्माणस्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि अनिष पौडेलले बताउनुभयो । आउँदाे असाेजसम्म पुल निर्माण सम्पन्न हुने पाैडेलकाे भनाइ छ । २०७६ सालकाे वैशाखमा पहिलाे पटक पुल निर्माणकाे काम अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाढी आएपछि पुलको टेका भासिँदा पुल भाँचिएको थियो । भाँचिएको पुलको दाेस्राे पटक निर्माण सुरु भएको एक वर्षपछि ढलानकै क्रममा टेका भाँचिएपछि फेरि भत्किएकाे थियाे ।

त्यति बेला पुल भाँचिदा इन्जिनियरसहित पाँच जना घाइते भएका थिए । दुई पटकसम्म भाँचिएको पुलको निर्माण कार्य तत्कालै सुरु गर्न नगरपालिकाले पटक–पटक सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराएपछि अहिले डिजाइन परिवर्तन गरी काम सुरु भएकाे मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले जानकारी दिनुभयाे । ताेकिएकै मितिमा काम सकिनेमा उहाँकाे विश्वस्त हुनुहुन्छ । प्राकृतिक प्रकोपका कारण लामो समय पुल निर्माण कार्य अलपत्र हुँदा नगरको विकासलाई पछाडि धकेलेको खरेलकाे भनाइ छ ।

अलपत्र परेको पुलको निर्माण कार्य सुरु भएपछि अहिले त्यस क्षेत्रका नागरिकमा खुसी थपिएको छ । पहिलो पटक पुल भत्किँदा निराश बनेका र दोस्राे पटक पनि पुनः भत्किएपछि झनै आशा मारेका स्थानीयका लागि तेस्राे पटकको निर्माण कार्यले गति लिन सुरु गरेपछि अब त पुल बन्छ कि भन्ने आशा पलाएको स्थानीय प्रेम शाक्यले बताउनुभयो । मुसिकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित पुलको लम्बाई ५५ मिटर रहेको छ । याे पुल निर्माण भएसँगै मुसिकोट नगरपालिकालगायत छिमेकी बाग्लुङ जिल्लाका नागरिकलाई समेत सदरमुकाम तम्घास आउजाए गर्न सहज हुनेछ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
6 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
6 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
7 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
21 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

6 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

6 hours पहिले 39 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

7 hours पहिले 42 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya