Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीपरिषद विस्तार पेचिलो बन्दै

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १२, २०७९
106 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीपरिषद विस्तार पेचिलो बन्दै
1 मिनेट पढ्ने
अपडेट: चैत्र १२, २०७९
Advertisement

सत्ता साझेदार दलहरुमा मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीपरिषद विस्तार पेचिलो बन्दै गएको छ । दलहरुबीच मन्त्रालय भागवण्डा सहमति नजिक पुगेको भनिएपनि अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो नलाग्दा उक्त विषय पेचिलो बन्दै गएको हो । सत्ता साझेदार दलहरूमध्य ठुलो दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसको हिजो (शनिबार) बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ भएको थियो । जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो।

सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न उपसभापति पूर्णबहादुर खड्कालाई भनेका थिए । खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताएका थिए । संसदको सबैभन्दा ठूलो पार्टी भएका कारण अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा कांग्रेसको दाबी रहने पदाधिकारी बैठकमा ब्रिफिङ भएको एक नेताले बताए । ८ मन्त्रालयको अडानसहित गठबन्धन बैठकमा छलफल गर्ने कुरा भएको उनले बताए ।

गठबन्धनमा रहेको ११ दल मिदाउने दवावमा रहेका प्रधानमन्त्री दाहालले कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको ब्रिफिङसमेत कांग्रेस बैठकमा भएको थियो । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कासहितलाई सरकारमा पठाउने तयारीसमेत गरेको छ। खड्कालाई उपप्रधानमन्त्रीसहित अर्थ वा रक्षा मन्त्रीको जिम्मेवारी रहने गरी सरकारमा पठाउने तयारी रहेको ती पदाधिकारीले बताए । खड्काले आफू मन्त्री नबन्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् । उपसभापति खड्का मन्त्री बन्न नचाहेमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित कुनै मन्त्रालय लिने गरी सरकारमा पठाउने तयारीमा सभापति देउवा छन् ।

कांग्रेसले कसको नेतृत्वमा सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन र संसदीय दल बैठकबाट निर्णय गर्ने तयारीसमेत गरेको छ । कांग्रेसले मन्त्री छान्दा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बनाएको मापदण्ड अनुसार योग्यता, क्षमता र समावेशीतालाई ध्यान दिने बताएको छ । सात प्रदेशबाट एक-एक जना प्रतिनिधित्व हुने गरी मन्त्री पठाउने कांग्रेसको तयारी छ । चैत ६ गते ११ दलको समर्थनमा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले दुई/तीन दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने बताएका थिए । पुरानो गठबन्धन भत्किएसंगै १६ मन्त्रालय आफैंले हेर्दै आएका दाहालले गृह मन्त्रालय आफैंसँग राख्न खोजेका छन् ।

कांग्रेस, रास्वपा, एकीकृत समाजवादीले पनि गृह आफूहरूलाई चाहिने दाबी गरेको स्रोत बताउँछ। दाहालले गृहबाहेक मन्त्रालय दिने गरी रास्वपालाई पनि सरकारमा ल्याउन चाहेका छन् । प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफ्नो दलले लिएर कांग्रेसलाई अर्थ दिन चाहेका छन् । तर कांग्रेसबाट सरकारमा पार्टीको नेतृत्व गरेर आउने भनिएका उपसभापति पूर्णबहादुर खड्काको दाबी गृह मन्त्रालयमा छ । तर कांग्रेस र माओवादीमध्ये कसले गृह र कसले अर्थ मन्त्रालय लिने भन्ने टुंगिएको छैन । नेता देवेन्द्र पौडेलका अनुसार सोमबारभित्र मन्त्रिपरिषद बिस्तार गर्न गृहकार्य भइरहेको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6140 लेख
व्यू
आजको मिति
14
May 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2470 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1105 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 913 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 855 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 778 views

नयाँ समाचार

कमल गाउँपालिकाका शिक्षक–कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति अनिवार्य
24 minutes पहिले
कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने…
2 days पहिले
“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
5 days पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
5 days पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
5 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

कमल गाउँपालिकाका शिक्षक–कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति अनिवार्य

24 minutes पहिले 28 views

कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने दुई जना साइबर ब्युरोद्वारा पक्राउ

2 days पहिले 86 views

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

5 days पहिले 94 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya