Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

बालमैत्री पालिका सम्बन्धी समाचारमा तथ्याङ्क त्रुटि, विद्यालय र वडाध्यक्षको आपत्ति, सामाजिक अभियन्ता भन्छन्– ‘टेलिभिजन प्रसारणकै आधारमा धारणा राखें’

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
पुस २०, २०८२
245 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
बालमैत्री पालिका सम्बन्धी समाचारमा तथ्याङ्क त्रुटि, विद्यालय र वडाध्यक्षको आपत्ति, सामाजिक अभियन्ता भन्छन्– ‘टेलिभिजन प्रसारणकै आधारमा धारणा राखें’
0 मिनेट पढ्ने
अपडेट: पुस २०, २०८२
Advertisement

हेटौंडा, पुस २० गते । बालमैत्री पालिका हेटौंडाका बालबालिका अझै विद्यालय बाहिर रहेको विषयमा सम्प्रेषण गरिएको समाचारमा प्रयोग गरिएको तथ्याङ्कमा प्राविधिक त्रुटि भएको स्पष्ट गरिएको छ। समाचारमा उल्लेख गरिएको विद्यालय छाड्ने ११ प्रतिशत र परीक्षा नदिने १० प्रतिशतको प्रतिशत तथ्याङ्क भने सही रहेको र ११५ जना विद्यार्थीले पढाइ छाडेको तथा १०५ जना विद्यार्थी परीक्षा नदिने सूचीमा रहेको भन्ने संख्या त्रुटिवश उल्लेख भएको सम्बन्धित पक्षले जानकारी गराएको छ। उक्त त्रुटिप्रति क्षमा प्रार्थना पनि गरिएको छ।

राष्ट्रिय टेलिभिजन हिमालय टेलिभिजनबाट उक्त समाचार प्रसारण भएपछि सामाजिक अभियन्ता तथा सेवा, सहयोग र आवासका अध्यक्ष विशालराज महतले सो विषयमा अध्ययन गरी सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए। उनले निर्णय गर्न सक्ने तहबाटै प्रभावकारी व्यवस्था नहुँदा बालबालिकाको भविष्य जोखिममा पर्ने भन्दै पर्याप्त आधारबिनाको बालमैत्री स्थानीय तहको घोषणा कागजी औपचारिकतामा सीमित भएको टिप्पणी गरेका थिए।

यही सामाजिक सञ्जालमा व्यक्त गरिएको धारणा उद्धृत गर्दै ‘कालिका आधारभूत विद्यालयमा बालबालिका पढाइ छोड्न बाध्य, कागजी बालमैत्री घोषणाप्रति विशालराज महतको कडा आलोचना’ शीर्षकमा रेडियो भरोसाबाट समाचार सार्वजनिक गरिएको थियो।

तर सो समाचारप्रति हेटौंडा उपमहानगरपालिका–१३ का वडाध्यक्ष पेम्बा लामाले आपत्ति जनाएका छन्। रेडियो भरोसासँगको कुराकानीमा उनले कालिका आधारभूत विद्यालयले केही समयअघि आफ्नो वार्षिक उत्सवमा प्रस्तुत गरेको प्रतिवेदन राम्रो रहेको भन्दै त्यही डेटा कसरी त्रुटिपूर्ण रूपमा बाहिर आयो भन्ने विषय गम्भीर रहेको बताए। उनले विद्यालयले पछिल्लो समय शिक्षा क्षेत्रमा सकारात्मक भूमिका खेलेको दाबी गर्दै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गरी वास्तविक अवस्था बुझ्ने जानकारी दिएका छन्।

यसैगरी कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष संगीता बल वाइबाले पनि समाचारप्रति आपत्ति जनाएकी छिन्। उनले विद्यालयले दिएको विवरणभन्दा बिल्कुलै फरक ढंगबाट समाचार सम्प्रेषण भएको भन्दै पत्रकारिताको मर्म विपरीत भएको प्रतिक्रिया दिइन्। पहिलो पटक आफ्नो विद्यालयको विषयमा समाचार बनेको उल्लेख गर्दै यसरी गलत बुझाइका आधारमा समाचार आउनु आपत्तिजनक भएको उनको भनाइ छ। उनले सम्बन्धित पत्रकारसँग छलफल गरी तथ्य स्पष्ट पारेर सही ढंगबाट समाचार सार्वजनिक गर्नुपर्ने धारणा राखेकी छिन्।

यता सामाजिक अभियन्ता विशालराज महतले भने हिमालय टेलिभिजनबाट राष्ट्रिय समाचारका रूपमा प्रसारण गरिएको सामग्रीकै आधारमा मात्र आफूले धारणा राखेको स्पष्ट पारेका छन्। टेलिभिजनबाट प्रसारण हुने समाचार सामान्यतः विश्वसनीय हुने बुझाइका आधारमा अध्ययन र अनुभव मिलाएर टिप्पणी गरिएको र कुनै पनि विद्यालयको आन्तरिक तथ्याङ्कलाई लक्षित गरी आलोचना नगरिएको उनको भनाइ छ।

समाचारप्रति उठेका आलोचनापछि उक्त समाचार सम्प्रेषण गर्ने पत्रकार जमुना थिङले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। यसै सन्दर्भमा रेडियो भरोसा अनलाइनले सम्बन्धित सबै पक्षसँग बुझेर समाचारलाई सन्तुलित बनाउने प्रयास गरेको जनाएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6140 लेख
व्यू
आजको मिति
14
May 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2470 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1105 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 913 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 855 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 778 views

नयाँ समाचार

कमल गाउँपालिकाका शिक्षक–कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति अनिवार्य
10 minutes पहिले
कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने…
2 days पहिले
“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
5 days पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
5 days पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
5 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

कमल गाउँपालिकाका शिक्षक–कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति अनिवार्य

10 minutes पहिले 24 views

कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने दुई जना साइबर ब्युरोद्वारा पक्राउ

2 days पहिले 86 views

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

5 days पहिले 94 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya