नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।