काठमाडौँ। नेपाली कांग्रेसका एक नेता मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाको क्षेत्र नं २ असामका सभापति ताराप्रसाद खनाल रहेका छन्। उनलाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए।
ब्युरोका एसएसपी जिसी भन्छन्: उनी विरुद्ध पक्राउ पुर्जी भएपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया बढाएका हौँ।
अहिले खनाल विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ।
स्रोत:- अनलाइन खबर