झापा। आज झापामा कुटपिटबाट एकजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका ७ का वर्ष ४५ को देवलाल चौधरी रहेको प्रहरीले जनाएको छ।
दुई व्यक्तिको एकआपसको सामान्य विवाद रहँदा वर्ष ३७ को पुण्यप्रसाद बास्तोलाले चलाएको लाठीको प्रहार र कुटाकुटबाट उनको शरीरमा परेको चोटपटकले गर्दा घाइते भएका चौधरीलाई उपचारको लागि दमक अस्पतालमा पठाउने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
विवादको कुटाकुटमा संलग्न भएका बास्तोलालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।