मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २, ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मन्जुश्री २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा आगामी फागुन २ गते कार्यक्रम हुने जनाएको हो ।
ल्होछार कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम, तामाङ विग्यद्वारा संस्कृतिको जानकारी, तामाङ मौलिक भेषाभुषा तथा प्रस्तुतिहरु रहने मनहरी २ का अध्यक्ष राजकुमार पाख्रीनले बताए। कार्यक्रममा चर्चित कलाकार विश्व दोङ, जितु लोप्चन, धिरेन लामा लगायतको चर्चित कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम संयोजक सन्देश थिङले बताए । खेलकुद बिकास समिति मनहरी २ को आयोजना, मुख्य सहयोगी मनहरी गाउपालिका र संरक्षक तथा सहयोगी मनहरी २ रहेको समेत रहेको आयोजकले बताएको छ । ल्होछार कार्यक्रममा करिब ५ हजारले अबलोकन गर्ने र ५ लाख खर्च हुने आयोजकको अनुमान छ ।
कार्यक्रम संयोजक सन्देश थिङको अध्यक्षता तथा मनहरी-२ का अध्यक्ष प्रमुख अतिथ्यतामा भएको पत्रकार सम्मेलनमा खेलकुद विकास समिति मनहरीका सदस्य तथा नेकपा माओवादी केन्द्र मनहरी २ का इन्चार्ज चन्द्र बहादुर स्याङ्तान, खेलकुद विकास समिति मनहरी २ का अध्यक्ष तथा मनहरी २ का वडा सदस्य शुक्राम मोक्तान, खेलकुद विकास समिति मनहरी २ का सदस्य तथा नेकपा ईमेल मनहरी २ का अध्यक्ष ईन्द्र देब वाइबा, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, जिल्ला अध्यक्ष जयराम मुक्तान, रिपोर्टस क्लब मकवानपुर अध्यक्ष बलाराम पुडासैनी, सन्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, फोनिज मकवानपुरकी सचिव मनिता राना, तामाङ पत्रकार सघ मकवानपुरका सचिव भुवन घलान लगायतको उपस्थित रहेको थियो ।