चितवन। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज चितवनको दशौँ साधारण सभा तथा पाँचौं अधिवेशन आज सम्पन्न भएको छ। आज भएको दशौँ साधारण सभा तथा पाँचौं अधिवेशनबाट सर्वसहमत रूपमा अध्यक्ष पदमा तुलमान गुरुङ निर्विरोध चयन भएका छन्।
अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका गुरुङको नेतृत्वमा आज १३ कार्यसमिति बनेको छ। जसमा उपाध्यक्षको पदमा उर्गेन लो तामाङ,सचिव पदमा आशिक राना मगर,कोष अध्यक्ष पदमा उमेश श्रेष्ठ, सहसचिव पदमा प्रतिमा कुमाल सर्वसम्मत चयन भएका छन्।
त्यस्तै अन्य सदस्यहरूमा देउ कुमार मगर,सूचना गुरुङ,मुना लमतरी मगर,बिनीता श्रेष्ठ,सविता महत्व,सन्तोष तामाङ,शिवकुमारी चेपाङ र बबिलाल तामाङ लगायतका ब्यक्तिहरु कार्यसमितिको सदस्यमा चयन भएका छन्।