हेटौंडा। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आज एक प्रेस विज्ञप्ति मार्फत पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जानकारी गराएको हो।
निगमले बढाएको मूल्य वृद्धिमा पेट्रोलियम पदार्थमा दुई रुपैयाँ,डिजेल र मटीतेलमा चार रुपैयाँ बढाएको जानकारी गराएको छ।
त्यस्तै हवाई इन्धनको मूल्य सूचीमा पनि निगमले प्रति लिटर छ रुपैयाँको दरले मूल्य निर्धारण गरेको छ। निगमले यो मूल्य भने आन्तरिक हवाई इन्धनमा लागू हुने बताएको छ। भने अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि अमेरिकी डलर प्रति लिटर ४३ का दरले मूल्यवृद्धि भएको छ।
निगमले गरेको मूल्यसूची यस्तो रहेको छ हेर्नुहोस्।