हेटौंडा। आज प्रेस सेन्टर नेपाल मकवानपुरले आफ्नो एक्काइसौँ स्थापना दिवस मनाईएको छ। मकवानपुरको जिल्ला समन्वय समितिको सभाहलमा भएको उक्त कार्यक्रम प्रेस सेन्टर मकवानपुरले आयोजनामा भएको हो।
प्रेस सेन्टरले गरेको उक्त अन्तर्क्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले अहिलेका पत्रकार गर्ने सबै साथीहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्ने क्षमता राखेर पत्रकारिता पेशा अपनाउन जोड दिएका छन्। हामीले गरेका पत्रकारिताको पेशा कतै अराजक भइरहेको त छैन यस विषयमा गम्भीर ध्यानाकर्षण सहित समीक्षा गर्दै यो पेशालाई अगाडि बढाउन सबै पत्रकार साथीहरूलाई सुझाव समेत दिए।
यस्तै अन्तक्रियाकै क्रममा बोलेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रल्हाद लामिछानेले पत्रकार साथीहरूलाई जनपक्षीय पत्रकारितामा विशेष जोडिएर काम गर्न सबैलाई आग्रह गरेका छन्। साथै अहिले सामाजिक सञ्जालमा केही त्यस्ता व्यक्तिहरू छन् जसले पत्रकारिताको नाममा गलत भ्रामक समाचार सूचनाहरु सम्प्रेषण गरी सामाजिक सञ्जालबाट पोस्ट र प्रकाशन गर्ने क्रियाकलापले सत्यतथ्य समाचार के हो भन्ने सन्दर्भमा अन्योलता छाएको छ। यसतर्फ गम्भीर हुन पनि ध्यानाकर्षण गराएको छ। साथै अहिले सार्वजनिक कुनै पनि निकायहरूमा सूचना दिने प्रचलन नरहेको हुनाले यसतर्फ पनि पत्रकारिता पेशालाई अपनाइरहेका पत्रकार साथीहरुले महत्त्वपूर्ण ध्यान दिनुपर्ने समेत उल्लेख गरेका छन्।
त्यसैगरी अन्तरक्रियाकै बोल्ने सिलसिलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवंम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले अहिले समाजमा व्याप्त गलत सूचनाहरू प्रभाव बढिरहेको हुनाले यसतर्फ पनि सम्बन्धित पत्रकारिता पेशालाई अपनाइरहेका पत्रकार साथीहरुले विशेष ध्यान दिनुपर्ने कुरा पनि उल्लेख गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने निरन्तर क्रममा प्रेस सेन्टर बागमती प्रदेश समितिका महासचिव ध्रुव अधिकारीले टेक्नोलोजीको विकास भएसँगै समाचार सूचना प्रवाह गर्ने क्रमलाई समय सान्दर्भिक पेशागत पत्रकारिता गर्नुपर्ने कुरामा जोड दिएका छन्। आफूले गरेका पत्रकारिता पेशालाई अहिलेको समय सान्दर्भिक प्रविधिलाई बुझेर समीक्षा गर्दै आफ्नो कामको गति बढाउनुपर्ने कुरामा सुझाव समेत दिए।
प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागी हुनेहरुमा प्रेस सेन्टर नेपाल केन्द्रीय अनुशासन समितिका सदस्य भानुभक्त आचार्य,बागमती प्रदेश समिति सदस्य भावना रिजाल, प्रेस सेन्टर मकवानपुरका पूर्व अध्यक्ष अन्जली थापा,आदिवासी जनजाति पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष नवराज वाइबा र पत्रकार मिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
प्रेस सेन्टर मकवानपुरले आफ्नो आयोजनामा गरिएको कार्यक्रमको सञ्चालन भने प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठले गरेका थिए। भने कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर मकवानपुरका निर्वाचित अध्यक्ष एमपी शर्माले गरेका थिए।