मकवानपुर। लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिका ७ मा रहेको काेथलिटार आधारभुत विद्यालयलाई स्वीटर हस्तान्तरण गरेको छ । लायन्सको वार्षिक कार्यक्रम अन्तर्गत आइतबार एक कार्यक्रमका बीच स्वीटर हस्तान्तरण गरेको हो ।
अधिकांश विपन्न चेपाङ समुदायको बालबालिका अध्ययनरत विद्यालयलाई लायन्सले सहयोग गरेको हो । जाडोको समयमा विद्यार्थीलाई चिसोबाट बच्न राहत पुगोस् र नियमित विद्यालय आउन सहयोग पुगोस् भन्ने उद्येश्यले न्यानो कपडा सहयोग गरिएको लायन्स क्लव हेटौंडा स्मारकका अध्यक्ष अन्जनप्रसाद पौडेलले बताए ।
लायन्सका सदस्य कमल अधिकारीको संयोजकत्वमा भएको स्वीटर वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र अभिभावकहरूको उपस्थिति थियो । स्वीटर वितरण कार्यक्रमका प्रमुख अतिथि लायन्सका डिस्ट्रीक को-चिफ एड्भाइजर प्रलाद मिश्र रहेका थिए ।
मिश्रले लायन्स क्लवले सामाजिक सहयाेगमा गरेकाे कामकाे उच्च प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रग्रह गरे । सदरमुकाम हेटौंडाबाट दुर्गम मानिने कैलाश गाउँपालिकाको कोथलिटार आधारभुत विद्यालयमा १३४ जना विधार्थी रहेका छन् । विद्यालयका सबै विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरिएको हो ।