काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले रु १ करोड रकम धरौटी तिराई तारिखमा छाड्न आदेश दिएको छ।
बुटवलको सुप्रिम सहकार्य संस्था ठगी सम्बन्धी मुद्दाको प्रतिवादी ठहर गर्दै रूपन्देही जिल्ला अदालतले (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री लामिछानेलाई उक्त आदेश दिएको हो। लामिछानेलाई सहकारी ठगी सम्बन्धी मुद्दाको प्रक्रिया अनुसार अहिलेसम्मकै ठूलो आर्थिक धरौटी तिराउन लगाएको यो आदेश हो।
यसअघि सहकारी ठगी प्रकरण अनुसार लामिछानेलाई कास्की जिल्ला अदालतले रु ६५ लाख र काठमाडौँ जिल्ला अदालतले रु ६० लाख रकम धरौटी तिराएर तारिखमा छाड्ने आदेश दिएको थियो।