काठमाडौँ। अहिले काठमाडौँमा जारी भइरहेको महिला टि २० क्रिकेट खेल प्रतियोगितामा मनिषा उपाध्यायले नेपालका लागि पहिलोचोटि अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिन सफल भएकी छन्।
आज जारी भइरहेको खेल अन्तर्गत थाइल्याण्डसँगको खेलमा बायाँ हातले स्पिनर मनिषाले राष्ट्रिय टिमका लागि डेब्यु विकेट लिएकी थिए।
मनिषाले थाई कप्तान नारुमोल चाइवाइलाई खेलमैदानमा १३ रन को अन्तरले रुबिना क्षेत्रीको हातबाट क्याच आउट गर्न सफल भएकी थिए। मनिषाले गत बिहिबार क्रिकेट मैदानमा डेब्यु गरेता भएतापनि उनले बलिङ तर्फ खेल खेल्ने मौका पाएकी थिएन।
मनिषाले यसअघिको यु १९ को क्रिकेट खेलबाट खेल्ने मौका पाएकी थिइन्। उनले यसअघिका यु १९ महिला टि २० विश्वकप एसियाली प्रतियोगिताको छनौट खेलमा विश्वकप खेल भने खेल्न गएकी थिएन।