हेटौंडा। हेटौडा १३ पदमपोखरी स्थित ठूलोथलीमा पनि यही फागुन २ गते तामाङ समुदायको विशेष चार्ड लक्षित ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ।
आज हेटौडामा एक पत्रकार सम्मेलन गरी पदमपोखरीमा यसपटकको सातौं संस्करणको रुपमा विशेष रुपमा ल्होछार बृहद सांस्कृतिक कार्यक्रम गर्न थालिएको मूल समारोह समितिका संयोजक रहेका मदन बलले यसबारे उपस्थित सबै पत्रकार माझ प्रष्ट पारेका थिए।
उक्त सांस्कृतिक कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको विशेष आतिथ्यता रहने कुरा लामाले जानकारी गराए। साथमा कार्यक्रमलाई रोचक र रमाइलो बनाउनका निमित्त स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक विशेष साङ्गीतिक प्रस्तुति रहने पनि लामाले जानकारी दिए।
मोटामोटी उक्त सांस्कृतिक कार्यक्रममा कुल लागत खर्चबारे लामाले यसो भने “हामीले अहिले ल्होछार कार्यक्रमका लागि भनेर ९ लाख सम्म खर्च हुने अनुमानका साथ यस कार्यक्रमको खर्च विवरण निकालेका छौं।”
कार्यक्रमलाई आर्थिक पाटोमा हेटौडा उपमहानगरपालिका १३ र सांस्कृतिक तथा पर्यटन मन्त्रालयबाट आर्थिक बजेट सहयोग लिई अन्य सहयोगी मन भएका दाताहरूसँग सहकार्य गरेर कार्यक्रमलाई पूर्णरुपमा सम्पन्न गर्ने संयोजक लामाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए।
साथै ल्होछार कार्यक्रमलाई रमाइलो लिन आउने व्यक्तिहरूलाई मीठा मिठा खानेकुराहरू खुवाउने उद्देश्यका साथ विभिन्न स्टलहरु राखेर आफ्नै सांस्कृतिक पहिचान संस्कृति झल्किने खालका विभिन्न सांस्कृतिक भेषभुषाहरू प्रदर्शनी गरिने पनि उल्लेख गरेका छन्।
आज गरेका पत्रकार सम्मेलनमा उपस्थिति हुनेहरूमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य उत्तम गोम्जा र समितिका पूर्व अध्यक्ष संगीता बल वाइबा लगायत अन्य मिडिया पत्रकार साथीहरूको उपस्थिति रहेका थिए।