हेटौंडा। आज हेटौडामा सञ्चारिका समूह नेपाल शाखाको तेस्रो अधिवेशन नेपाल पत्रकार महासंघको हलमा सम्पन्न भएको छ। तेस्रो अधिवेशनबाट सञ्चारिका समूहले आज १५ कार्यसमिति सदस्य गठन गर्न सफल भएको छ।
जसमा रहेका छन् अध्यक्ष पदको लागि निशा गुरुङ,उपाध्यक्ष पदको लागि जमुना थिङ,महासचिव पदको लागि मञ्जु मैनाली,सचिव पदको लागि अम्बिका बस्नेत र कोषध्यक्ष पदका लागि अन्जना न्यासुर सर्वसम्मत निर्विरोध भएका छन्।
त्यस्तै अन्य सदस्यहरूमा सुप्रभा चौलागाईं,सुमिना चौलागाई,अस्मिता भट्टराई,आँचल तिमल्सिना,सम्झना मगर रविना गोले,स्मिता अर्जेल र सुनिता बिष्ट लगायतका व्यक्तिहरू चयन भएका छन्।
कार्यक्रममा सहभागी हुनेहरूमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई,जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी प्रेस युनियनका सचिव बलराम पुडासैनी,प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा,समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईं,स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतको उपस्थित रहेका थिए।