काठमाडौँ। आज बसेको हिउँदे अधिवेशनको प्रतिनिधिसभा बैठकको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बैठकलाई बहिष्कार गरेको छ।
रास्वपाका सांसदहरूले आज बसेको प्रतिनिधिसभाको बैठकलाई एउटा सांकेतिक विरोध स्वरूप बहिष्कार गरेको बताएको छ। बहिष्कार स्वरूप रोकिएको बैठकलाई पुनः १५ मिनेटपछि रास्वपाका सांसदहरू बैठकमा फर्किएपछि बैठक त्यसपछि सुचारु भएको थियो।
रास्वपाका सांसद सोभिता गौतम भन्छिन्; हामीले बैठकलाई बहिष्कार गर्नुको कारण प्रतिनिधिसभाको बैठक सुचारु हुनुभन्दा पहिला हाम्रा केही कुराहरू संसदमा राख्न चाहेका थियौँ। सोही सन्दर्भमा हामीले सभामुखसँग केही विषयसँग कुरा राख्न केही समयको माग राखेका थियौँ। हाम्रो माग त्यहाँ पुरा नभएपछि त्यसको विरोध फलस्वरूप हामीले केही समयका लागि संसद बहिष्कार सदनबाट बाहिर निस्केर गरेका थियौँ।
यो एउटा सांकेतिक विरोधको स्वरूप मात्र हो। त्यस अनुरूप एउटा हामीले बहिष्कारको गरेका मात्र हौँ,उनले भनिन् ।
यता रास्वपाका सांसदहरूले विरोध जनाइरहँदा सभामुख देवराज घिमिरेले भने बैठकलाई निरन्तर दिइरहेका थिए।
अहिले प्रतिनिधिसभाको बैठक भने निरन्तर भइरहेको छ।