चितवन। गैंडाको आक्रमणमा परी माडी नगरपालिका-२ ध्रुब निवासी एक महिलाको मृत्यु भएको छ । शुक्रवार दिउँसो २:४५ बजेको समयमा माडी-१, ध्रुब गाउँ बस्ने ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको हो ।
गैंडाको आक्रमणबाट घाइते भएकी महतोलाई सुरुमा उपचारका लागि बसन्तपुरस्थित बघौंडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि भरतपुर पठाइएकोमा उपचारकै क्रममा भरतपुर अस्पतालमा राती करीब १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गैंडाको आक्रमणबाट महतोको दुबै खुट्टाको तिघ्रा, कम्मर र छातीमा चोट लागेको थियो ।
यसअघि गैंडाकै आक्रमणमा गत माघ १ गते माडी-३ निवासी कृषक छबिलाल बोटको मृत्यु भएको थियो भने अन्य तीनजना घाइते भएका थिए । त्यसैगरी गैंडाकै आक्रमणबाट माघ ७ गते माडी-७ निवासी शिवराज भण्डारीको मृत्यु भएको थियो । माघतेश्रो साता पनि गैंडाकै आक्रमणबाट अर्को हताहती हुनपुगेको हो ।
स्रोत- स्वदेश न्यूज डेस्क