• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   बुधबार, असार २५, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
  • १३ घण्टा अगाडि

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
  • २ दिन अगाडि

वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
  • ३ दिन अगाडि

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान
  • ३ दिन अगाडि

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ
  • ३ दिन अगाडि

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
  • ३ दिन अगाडि

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता
  • ३ दिन अगाडि

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु
  • ३ दिन अगाडि

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या
  • ३ दिन अगाडि


राज्यको पूर्ण स्रोत लगाएर केबुलकार बनायो भने पनि हामी चल्न दिदैनौं;युवा अभियन्ता आर्यन राई

  •  रेडियो भरोसा अनलाइन
  • मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित

    हेटौंडा। पहिचानवादी युवा अभियन्ता आर्यन राईले राष्ट्रिय जनावर गाई काट्न खोज्दा समाएर जेल कोच्ने र नेपालको राष्ट्रिय फूल लालीगुराँसलाई मास्न खोज्दा त्यस्ता व्यक्तिलाई फ्री छोड्ने भन्ने कुरा पनि कहाँको न्यायचित कार्य भयो भनेर राष्ट्रिय च्यानल टिभी टुडीमा आफ्नो तर्क उल्लेख गरेका छन्। राष्ट्रिय च्यानल टिभी टुडेले गरेको बहसमूलक एक कार्यक्रममा राईले उक्त भनाइ राखेको हो।

    मुकुलुङ आन्दोलनको मुख्य उद्देश्य के हो भन्ने सन्दर्भमा राईले भने यो ऐतिहासिक आस्थाको केन्द्रबिन्दु भएको आम नेपालीहरूको आस्थाको ठाउँलाई कुनै पनि हालतमा भङ्ग गर्न दिनुहुन्न। मुकुलुङ क्षेत्रभित्र केबलकार बन्न हुन्न भन्ने तर्कमा राई यसो भन्छन् ; पहिलो नम्बरमा मुकुलुङ क्षेत्रमा कान्छी र जेठी मुकुलुङ भन्ने रहेको छ। कान्छी मुकुलुङबाट दर्शन सकेर सुरुदेखि धागो बाँध्दैबान्दै कठिन पैदल यात्राबाट सुरु गरी जेठी मुकुलुङसम्म पुग्ने हुन्छ। त्यसरी आफ्नो गन्तव्य पूरा गरिसकेपछि आफ्नो इच्छा मनोकामना पूरा हुने धार्मिक आस्था रहेको छ। यदि कान्छी मुकुलुङलाई नागेर माथिको यात्रा सिधा गरिएको खण्डमा अनिष्ट हुने धार्मिक मान्यता पनि त्यहाँ रहिआएको छ।

    यदि मुकुलुङ क्षेत्रमा केबुलकार बनाइयो भने त्यहाँ रहिआएको धार्मिक आस्था र पहिचानको विश्वास त्यो सबै नष्ट हुन्छ। जुन अहिले विकासको नाममा मुकुलुङ क्षेत्रभित्र केबुलकार बनाइयो भने एउटा धार्मिक आस्थालाई भङ्ग गरी त्यो एउटा मनोरञ्जनको क्षेत्र बन्न सकिन्छ,उनले भने।

    हामीले आधुनिकताको कुरा गरिरहँदा सगरमाथामा पनि केबुलकारको निर्माण गरियो भने के सगरमाथाको आफ्नो पहिचान यथावत रहन सकिन्छ भन्ने विषयमा गम्भीर तर्कसमेत राईले राखेका छन्।

    नेपाल सरकारले मुकुलुङ क्षेत्रभित्र भइरहेका घटनालाई लिएर वार्ताटोली रूपमा प्रेमप्रसाद भट्टराई नियुक्त गरेको सन्दर्भमा यसो भने यही एउटा हामीमाथि अपमानजनक वार्ता टोली बनाइयो एउटा आन्दोलित भइरहेको टोलीले कुनै पनि हालतमा सहसचिव सरहको व्यक्तिसँग टेबुलमा बहस गर्न सक्दैन। यस वार्ताको खुल्ला बहस भनेको नेपाल सरकारको मन्त्री सँग गर्ने हो,अझ भनौँ देशको प्रमुखसँग गर्ने हो।

    पाथिभरा मन्दिर अथवा मुकुलुङ क्षेत्रमा केबुलकार बनाउने भन्ने व्यक्तिहरूको सन्दर्भमा दुईवटा कारण छन्,एउटा एकल सांस्कृतिक राज्य बनाउनुपर्छ भन्ने सांस्कृतिक डाकुहरुको यो खेल हो,अर्को देशको गरिब निमुखा नागरिकहरूलाई निमुट्यान्न पारेर माफिया र दलालहरूको हातमा राज्यको सम्पूर्ण स्रोतहरू  हुनुपर्छ भन्ने व्यक्तिहरूको खेल हो,उनले भने।

    युवा अभियन्ता राई भन्छन्; राष्ट्रिय गौरवको आयोजनाहरू निर्माण गर्न खोज्दा चारवटा रुखहरूको कारणले गर्दा सिङ्गो परियोजना नै बन्द हुन्छ भने एउटा दलाल माफियाको संरक्षणको लागि नेपालको २१०० रूख काटिने दिने भनेर आक्रोशित भए।

    अहिलेको यो परिस्थितिमा बनेको यो सरकार नै मेन दलाल र माफियाको पूर्ण एक डिजाइनमा बनेको देखिन्छ,उनले भने।

    एकजना व्यापारीको स्वार्थको लागि सयौं मानिसहरूले लठ्ठी खानुपर्ने,गोली खानुपर्ने,आन्दोलित हुनुपर्ने र चक्काजाम गर्नुपर्ने जस्ता परिस्थिति बनाउनुपर्ने भयो भने यहाँ स्पष्ट देखिन्छ कि एउटा व्यापारीको लागि राज्यशक्ति पूर्णरूपमा नाचेको देखियो,उनले भने।

    यदि राज्यले आफ्नो बलभूतमा पूर्णरूपमा राज्यको स्रोत लगाएर त्यहाँ केबुलकार बनाइयो भने पनि त्यो हामी चल्न दिँदैनौँ। मुकुलुङ क्षेत्रमा भएका हाम्रो आफ्नो धार्मिक आस्था र विश्वासप्रति सदैव हामी बचाउ गर्न लागिपर्छौँ,उनले भने।

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
    मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
    वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
    • भर्खरै
    • चर्चित
    • १. सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

    • २. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ३. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ४. भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

    • ५. गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

    • १. सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

    • २. मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

    • ३. तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    • ४. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ५. हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

    • ६. अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

    • ७. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ८. जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

    • ९. बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

    • १०. भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
    📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
    ✉️ इमेल: radiobharosa@gmail.com

    हाम्रो टिम

    👤 सञ्चालक: सशान्त तामाङ
    📝 सम्पादक: एलिना पराजुली (काठमाडौँ)
    🎙️ संवाददाता/कार्यक्रम प्रस्तोता:
      • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)
      • राधिका लामा थिङ (भीमफेदी गा.पा., मकवानपुर)
    💻 प्राविधिक: अदृश्य लामा
    📞 बजार व्यवस्थापक: सौजल तामाङ
      📱 9802010982 / 984567450

    हाम्रो बारे

    📍 हेटौंडा, मकवानपुर
    ✉️ radiobharosa@gmail.com
    🌐 radiobharosa.com
    🔵 Facebook
    🐦 Twitter
    📺 YouTube

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys